सोमवार, बैशाख १७, २०८१

गीत–संगीत र नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका चार स्रष्टा प्रज्ञा पुरस्कारबाट सम्मानीत

काठमाडौ आषाढ १३ राष्ट्रपति विद्यादेवी भण्डारीले आज राजधानीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्दारा आयोजित एक विशेष कार्यक्रमकावीच नेपालको गीत–संगीत र नाट्य क्षेत्रमा महत्वपूर्ण योगदान  गरेबापट चार स्रष्टालाई जनही रु एक लाख एक र ताम्रपत्र सहितको Anup_20160627_4Anup_20160627_37Anup_20160627_23Anup_20160627_19Anup_20160627_12 Anup_20160627_9Anup_20160627_33‘नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७२’ बाट सम्मानीत गर्नु भएको छ ।  राष्ट्रपति भण्डारीले आज सम्मानीत गर्नु भएका स्रष्टाहरुमा क्रमस वरिष्ठ सङ्गीतकार तथा वेलावादक गोपालनाथ योगी, वरिष्ठ लोकगायक प्रचण्डबहादुर बुढाथोकी, वरिष्ठ नाट्यकर्मी महेन्द्र मलङ्गिया र वरिष्ठ नाट्य कलाकार शकुन्तला गुरुङ शर्मा हुनुहुन्छ ।  सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले यसअघि प्रस्तुत विधागत पुरस्कारबाट वरिष्ठ नाटक निर्देशक हरिप्रसाद रिमाल, वरिष्ठ सङ्गीतकार चन्द्रराज शर्मा, वरिष्ठ नृत्य निर्देशक भैरववहादुर थापा र वरिष्ठ वाद्यवादक न्ह्च्छेबहादुर डङ्गोललाई सम्मानीत गरिसकेको छ ।

त्यस्तै सम्मान वितरण पछि कार्यक्रमलाइ सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सङ्गीत, नाट्य र नृत्य मानव जीवनका विशिष्ट पक्ष भएको र तिनले सिङ्गो राष्ट्रको पहिचान, संस्कृति र विशेषतालाई प्रतिनिधित्व र प्रतिविम्बन गरेको बताउँदै नेपाल विभिन्न अनुपम र मौलिक संस्कृतिको सम्मिश्रणबाट बनेको विविधताबीच एकता कायम भएको मुलुक भएको बताउँनु भएको छ ।    कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्त उपकुलपति शम्भुजित बाँस्कोटाले पनि पुरस्कारको उपादृेयता माथि प्रकास पार्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानको तर्फबाट राष्ट्रपति भण्डारीलाइ मायाको चिनो स्वरुप नृत्य सिम्बोल दिईएको थियो ।