शनिबार, बैशाख १५, २०८१

नँयाबजारमा सनराइजको अर्को शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं आषाढ १०, सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्घेश्य अनुसार आफ्नो सातौं शाखारहित बैंकिङ्ग सेवा इलाम जिल्लाको वडा नं.८ स्थित नँयाबजारमा शुरू गरेको छ । बैंकको इलाम शाखाका प्रमुख गुरू राज pic_for_press_release[1]रेग्मी र स्थानीय बुिद्धजिवी एवंम् भूतपूर्व शिक्षक कमल कान्त रिमालले शुक्रबार एककार्यक्रमकावीच उद्घाटन गर्नुभएको उक्त शाखारहित बैंकिङ्ग सेवा सुभारम्भ कार्यक्रममा
इलाम शाखाका प्रमुख गुरू राज रेग्मीले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुक��� उद्घेश्यमाथि प्रकास पार्दै बैंकिङ्ग सेवाको प्रतिनिधि देवी प्रसाद अधिकारीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्नुभएको बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मुलत बैकको शाखा कार्यालय नभएको ठाँउबाट सेवा ग्राहीको मागलाइ दृष्टिगत गर्दै सनराइजले शाखारहित बैंकिङ्ग सेवालाइ विस्तारित गर्दै आएको छ । प्रस्तुत सेवा अर्थात बचत तथा भुक्तानीका लागि सेवाग्राहीले एटिएम कार्ड र औंठा छापबाट कारोबार गर्न सकिने बैकले जनाएको छ ।  सनराइजले यसअघि इलामको साखेजुङ्ग गाविसको नेपालटारमा पनि प्रस्तुत सेवाको सुभारम्भ गरिसकेको छ ।