बिहिबार, बैशाख १३, २०८१

सनराइजको शाखारहित बैंकिङ्ग सेवा अव इलाममा पनी

काठमाडौं आषाढ १० ,सनराइज बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु-याउँदै जानेक्रममा शाखारहित बैंकिङ्ग सेवा विस्तारलाइ तिव्रता दिएको छ । यस क्रममा बैकले इलामको साखेजुङ्ग गा.वि.सको नेपालटारमा नया शाखारहित बैंकिङ्ग सेवाको press_release_photo[1]शुभारम्भ गरेको छ ।

बैकद्दारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार बिहीबार एक कार्यक्रमकावीच समारोहका बीच इलाम शाखाका प्रमुख गुरू राज रेग्मी र नेपालटार उच्च मा.वि.का प्रधानध्यापक गोपाल प्रसाद कट्टेलले सयुक्त रुपमा उद्घाटन गर्दै बैंकिङ्ग सेवाको एजेन्ट सुरेन्द राईलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गर्दै औपचारिक रुपमा शाखार बैंकिङ्ग सेवाको सभारम्भ गर्नु भएको उल्लेख गरिएको छ ।

मुलत शाखा कार्यालय नभएको ठाँउबाट शाखारहित बैंकिङ्ग सेवा आफैमा सेवाग्राहीकालागि एटिएम कार्ड मार्फत कारोबार गर्नका लागि बरदान सावित भएको बताइएको छ । सनराइजले यसअघि मुलुकको विभिन्न जिल्लमा ५ वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरिसकेको छ । ग्रामीण क्षेत्रका जनतालाई अत्याधुनिक बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने जाने बैंकले जनाएको छ ।