शुक्रबार, बैशाख ७, २०८१

आइतबारदेखि एक तिहाइ कर्मचारीबाट बैंक तथा वित्तीय संस्था सञ्चालन हुने

काठमाडौ बैशाख २७,   सरकारले कोभिड -१९ को उच्च जोखिमबाट जोगिन र जोगाउन घोषण गरेको लकडाउनको ४८ औं दिन अर्थात आइतवाबारबाट बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने भएको छ ।

गत २४ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुलाउने तयारी गरेको हो ।

सरकारको निर्णयसंगै आइतवारबाट सञ्चालनमा आउने बैंक तथा वित्तीय संस्थामा एक पटकमा ५ जनाभन्दा बढी सेवाग्राहीलाई प्रवेश नदिने, मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षाका सामग्री बैंकका कर्मचारी र सेवाग्राहीका लागिसमेत अनिवार्य गरिएको छ । ‘ त्यस्तै सरकारको निर्देशन विपरित कुनैपनि वित्तिय संस्थाले एक तिहाइ भन्दा कर्मचारी बाट कार्य सम्पादन गरेको पाईएमा राष्ट्र बैंकको सिफारिसमा प्रशासनले आवश्यक कारबाही समेत गर्ने भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु