बुधबार, बैशाख १२, २०८१

महानगरको आर्थिक विधेयक संशोधनसहित पारित

काठमाडौं असार १७,
काठमाडौँ महानगरपालिकाको आज बसेको नगर सभा ११ औँ अधिवेशनको चौथो बैठकले संशोधनसहित प्रस्तावित आर्थिक विधेयक पारित गरेको छ ।
नगर सभामा वोल्दै महानगरका प्रमुख बालेन्द्र शाहले महानगरपालिकाले असुल गर्ने विभिन्न शीर्षकका कर, दस्तुर र शुल्क पुनरावलोकन गर्ने सवालमा प्राप्त सुझाव अनुरुप संशोधन गर्ने पक्षमा नगर सभा सदस्यहरुको ध्वनी मत प्रकट गरेसंगै प्रस्तावित विधेयक संशोधनसहित सर्वसम्मत पारित भएको घोषणा गर्नुृभएको हो । आर्थिक प्रस्ताव पारित भएसंगै काठमाडौँ महानगरको पालिका आर्थिक विधेयक २०७९ माथिको छलफल समाप्त भएको छ ।

त्यस्तै प्रस्तुत विधेयकमा सम्पत्ति कर, भूमिकर, भूमिकर, बहाल कर, व्यवसाय कर, जडीबुटी, कवाडी र जीवजन्तु कर, सवारी साधनजस्ता शीर्षकका कर सम्बन्धी व्यवस्था छ । यस्तै विज्ञापन कर, मनोरञ्जन कर, बहाल विटौरी शुल्क, सवारी साधन पार्किङ् शुल्क, से्वा शुल्क, पर्यटन शुल्क, विभाज्य कोष, घर जग्गा रजिष्ट्रेसन शुल्क, राजस्व तथा शुल्क संकलन कार्यविधिलगायत व्यवस्था रहेको र यी व्यवस्थालाई १७ वटा अनुसूचीमा दर निर्धारण गरिएको छ । सम्पत्ति करको दरमा सुरु १ करोडमा ०.०१० अर्थात् १ हजार हुनेछ । त्यसपछिका हरेक १ करोडमा क्रमशः ०.०१५, ०.०२०, ०.०४०, ०.०६०, ०.१००, ०.३००, ०.४५० प्रस्ताव गरिएको छ । १० करोडभन्दा माथि जतिसुकै भए पनि ०.६०० प्रतिशत हुने व्यवस्था गरिएको छ ।

त्यस्तै विधेयकमा कोविडको प्रभावलाई मध्यनगर गरेर होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घर जग्गा भएका वा लिजमा लिएकाहरुलाई आ. व. २०७८÷०७९ सम्मको कर चुक्ता गरेमा आ. व. २०७९÷०८० को करमा ४० प्रतिशत छुट दिइनेछ । आउँदो असोज मसान्तसम्म घरजग्गा करमा १० प्रतिशत छुट दिइने व्यवस्था गरेको छ।