मङ्लबार, बैशाख ११, २०८१

आजबाट दैनिक दुइ घण्टा शेयर बजार सञ्चालनमा आउने

काठमाडौं बैशाख ३० , कोभिड संक्रमणको जोखिम बढेसंगै जारी लकडाउनका कारण बन्द भएको धितोपत्र बजार आजबाट सञ्चालनमा आउने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण बढ्न नदिन ‘लकडाउन’ घोषणा गरेसँगै बजार बन्द भएको थियो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङ्गलबारदेखि शेयर बजार पुनः सञ्चालनमा ल्याउन नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएपछि नेपाल स्टक एक्सचेन्जलेआजदेखि शेयर बजार सञ्चालनमा ल्याउने तयारी भएको जनाएको छ ।

यद्यपी ५० औँ दिनपछि सञ्चालनमा आउन लागेको शेयर बजारको कारोवार तत्कालालइ दैनिक दुई घण्टा अर्थात बिहान ११ः०० देखि १ः०० बजेसम्म सञ्चालन गरिने बताइएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।