सोमवार, बैशाख १७, २०८१

गठबन्धनको अनशनमा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको ऐक्यबद्धता

काठमाडौ ज्येष्ठ ३१,  संविधानका केहि बुँदा असहमति प्रकट सहित विभिन्न २६ बुँदे माग राखी सङ्घीय गठबन्धनले खुलामञ्चमा जारी राखेको रिले अनशनमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले ऐक्यबद्धता जनाउनुभएको छ । अनशनस्थलमा आज दिउँसो पुगी वैद्यले 398375Mohan-Baidya_kiran-300x197ऐक्यबद्धता जनाउनुभएको हो । अनशनलाई ऐक्यबद्धता जनाउँदै वैद्यले सङ्घीय गठबन्धनले उठाएका माग जायज भएकाले आफ्नो समर्थन रहेको बताए ।

ज्येष्ठ २५ गतेदेखि राजधानीकेन्द्रीत आन्दोलन अन्र्तगत सुुरु भएको रिले अनशनमा सङ्घीय समाजवादी फोरमका नेता अशोक राई, तराई–मधेस सद्भावना पार्टीका नेता रामचन्द्र कुशवाह, राष्ट्रिय मधेस समाजवादी पार्टीका केशव झा, मधेसी जनाधिकार फोरम (गणतान्त्रिक)का सुरिता यादवलगायत ३० जना नेता अनशनमा बस्नुभएको छ । असार मसान्तसम्म चल्ने रिले अनशन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्दै आएको छ ।

कार्यकर्ता रिहाइको माग : यसैवीच मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीको नेवा राज्य समितिले झुठा मुद्दा लगाएर फसाएका आफ्ना नेता कार्यकर्ताको तत्काल रिहाइ गर्न माग गरेको छ । सदस्य टेकबहादुर बोगटी , दिलबहादुर खत्री मानबहादुर विष्टलायतको रिहाइको माग गरेको हो । आर्थिक लेनदेनमा विवाद भएपछि सुरु भएको घटनामा अपहरणको झुठा मुद्दा लगाई फसाइएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।