शुक्रबार, चैत्र १६, २०८०

आज विश्व रक्तदाता दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौ ज्येष्ठ ३२,  विश्व रक्तदाता दिवसको अवसरमा आज नेपालमा पनि रक्तदान लगायतका विभिन्न कार्यक्रम गरी मनाइदैछ । मानव 20150704_anup_2रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसरमा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन थालिएको हो  प्रस्तुत दिवसको अवसरमा रक्तदानको महत्वबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता व्यक्त गर्ने गरिन्छ ।

मानव शरीरमा औसत ५ दशमलव ५ लिटर रगत रहेको हुन्छ । मानिसको कुल वजनको ७ प्रतिशत रगत हुन्छ । रगतमा प्लाज्मा ५४ दशमलव ३ प्रतिशत, रातो रक्तकोष ४५ प्रतिशत र सेतो रक्तकोष ० दशमलव ७ प्रतिशत रहेको हुन्छ ।  मानिस जीवित रहनका लागि रगत नभइ नहुने पदार्थका रुपमा रहेको हुन्छ । सामान्य अवस्थाको एक स्वस्थ मानिसले हरेक तीन महिनामा रक्तदान गर्दा शारीरमा कुनै हानी नोक्सान नहुने चिकित्सकहरुले बताएका छन ।