शुक्रबार, बैशाख १४, २०८१

उद्घोषण तालिम  सम्पन्न

बुधवारे ज्येष्ठ २७ ,  झापाको बुधवारेमा सञ्चालित पाच दिने उद्घोषण तालिम आज सम्पन्न भएको छ । ग्रामीण अपाङ्गता पुनस्र्थापना केन्द्र 1533975_l copyबुधवारेको आयोजना तथा बुधवारे गाविसको सहयोगमा सञ्चालित तालिममा २० जना सहभागी रहेका थिए ।

तालिममा पत्रकार महासंघ झापाका सचिव एकराज गिरी, तथा चन्द्रकान्त ढकाल र तुलसीप्रसाद निरौलाले उद्घोषण कला सम्बन्धी प्रशिक्षण दिनु भएको थियो भने संस्थाका अध्यक्ष तोयानाथ घिमिरेको अध्यक्षतामा भएको तालिम समापनमा प्रमुख अतिथि बुधबारे गाविस सचिव बाशुदेव भट्टराईले सहभागीलाई प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।