शनिबार, बैशाख ८, २०८१

निःशुल्क स्वास्थ्य शिविरबाट ४ भन्दाबढि विरामी लाभाम्वित

झापा ज्येष्ठ २९, जेसीज सप्ताह कार्यक्रम अन्तरगत चारआली जेसीजको आयोजना तथा शिव दुर्गा बचत तथा ऋण सहकारी संस्थाको सहआयोजना झापाको सहरेडागीमा शनिबार आयोजित वृहत्त स्वास्थ्य शिविरबाट ४ सय ५० जनाले निःशुल्क सेवा लिएका छन् । शिविरमा एक सय बढी महिलाको पाठेघरको मुख परीक्षणसहित ४ सय ५० जनाले सेवा लिएको चारआली जेसीजका अध्यक्ष तीर्थ घिमिरेले बताए ।
doctor-sibirनाक, कान, घाटी, हाडजोर्नी तथा नशा, जनरल फिजिसियनका वरिष्ठ डाक्टरहरुले धाइजन, दुहागढी गाविस तथा शनिअर्जुुन नगरपालिकाका सर्वसाधारणको स्वास्थ्य परीक्षण गराएका हुन् ।

वी एण्ड सी हस्पिटल विर्तामोड, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र शिवकुमार यादव लाइफ सेभिड हस्पिटलको प्राविधिक सहयोग रहेको सचिव रोहित दाहालले बताए । वीएण्डसी हस्पिटलबाट नाक, कान घाटी तथा फिजिसियनका डाक्टरहरु केशवकुमार न्यौपाने, सुरेश शर्मा, डा. पप्पु रिजाल, रमेश श्रेष्ठ तथा तथा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डा. दिव्य शर्माले पाठेघरको परीक्षण गरेकी थिइन् । सो क्रममा केही महिलाको पाठेघरमा समस्या पाइएको डाक्टर शर्माले बताइन् ।  उक्त शिविरबाट स्वास्थ्य परीक्षण अपरेशनमा २०, वेडमा ५०, सिटिस्क्यानमा २० तथा एमआरआइमा १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ ।