शुक्रबार, बैशाख १४, २०८१

व्यवस्थापिका–संसद्को बर्खे अधिवेशन आजबाट सुरु

काठमाडौ वैशाख २१,व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आजदेखि सुरु भएको छ । बैठकको प्रारम्भमा संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गर्नुभएको थियो । त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई

CA_20141009085850

मिनेट मौनधारणा गरिएको थियो ।

त्यसपछि बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र एवम् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिमण्डल विस्तारसम्बन्धी पत्रको जानकारी सभामुखले संसदलाइ दिनु भएको थियो ।   बर्खे अधिवेशनको रुपमा पहिचान गरिएको संसद्को प्रस्तुत बैठकमा सरकारको नीति तथा कार्यक्रम सहित आगामी आव ०७३÷७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रूपमा प्रारम्भिक छलफलका् अलावा संसद्मा दर्ता रहेका ३ दर्जन भन्दा बढि विधेयकमा आवश्यक छलफल गरिने भएको छ । संसद्को अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ ।