शुक्रबार, चैत्र १६, २०८०

राजदूत फिर्ता बोलाइएकामा सरकारको आलोचना, मधेसकेन्द्रित दलद्दारा संसद् बैठक बहिष्कार

काठमाडौ बैशाख २५ व्यवस्थापिका–संसद्को आज बसेको बैठकको प्रारम्भमा ै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतका लागि नेपालका राजदूत ,दीपकुमार उपाध्यायलाई सरकारले फिर्ता बोलाएकामा आपत्ति जनाउँदै सरकारको कडा आलोचना गरेको छ ।

CA_20141009085850यसरी आलोचना सहित सरकारको रवैयाको विरोध गर्दै सासद डा प्रकाशशरण महतले राजदुत उपाध्यायले राष्ट्रपतिको भारत भ्रमण रोक्न लागेको जस्ता आरोप लगाएर राजदूतलाई फिर्ता बोलाउने प्रवृति आफैमा बदनियत भएको बताउँनु भएको थियो । साथै उहाँले सरकारले सदनलाइ राजदुत फिर्ता बोलाउँनुको सवालमा स्पष्ट जवनफ दिनु पर्नेमा जोड दिनु भएको थियो ।

यसैवीच आज पनि मधेसकेन्द्रित दलले –संसद्को आजको बैठक पनि बहिष्कार गरेका छन । बैठकको कारबाही सुरु भएलगत्तै सद्भावना पार्टीका नरसिंह चौधरीले प्रमुख राजनीतिक दल र सरकारले आफूहरुले उठाउँदै आएको मागलाई सम्बोधन गर्ने तर्फ सरकार उदासिन भएको भन्दै संसल बैठक बहिष्कार गरिएको बताउँनु भएको थियो ।

साथै व्यवस्थापिका–संसद्कोे आजको बैठकमा आफ्नो धारणा राख्दै सांसदले भूकम्प गएको एक वर्ष पूरा भइसक्दा समेत सरकारले पीडितलाई राहत दिन नसकेको, खुला आकासमुनी कष्टकर जीवनयापन गर्नुपरेकाले समस्या समाधान गर्न केन्द्रित हुने बजेटको जरुरी रहेकोमा आफ्नो धारणा राख्नु भएको छ ।  यसक्रममा प्रतिपक्ष दल नेपाली काँग्रेसका अर्जुननरसिंह केसीले भूकम्पपीडित जनताले परिचयपत्र समेत नपाएको, रु १५ हजार राहत पाउनेको सङ्ख्या पनि एकदमै कम रहेको, पछिल्लो पटक सरकारले गरेको स्थलगत अनुगमनको क्रममा समेत ठूलो सङ्ख्यामा पीडित छुटेको भन्दै गाउँगाउँमा द्वन्द्वबढ्ने स्थिति सिर्जना भएको बताउँनु भएको छ ।