बिहिबार, बैशाख २७, २०८१

महासंघको साधारण सभाको तयारी अन्तिम चरणमा, साधारण सभामा सूचना प्रविधिको भरपुर उपयोग गरिने

चितवन वैशाख १६, चितवनको रत्ननगमा यही वैशाख २१ गतेदेखि हुने नेपाल पत्रकार महासंघको साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको नेपाल महासंघ चितवनले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने प्रस्तुत साधारण सभामा देशभरका १ हजार ६५१ जना सभासद सहितका पत्रकारहरुको सहभागिता रहने छ प्रस्तुत साधारण सभाले प्रदेशीक संरचना अनुसारको विधान संयसोधन सहितका FNJ-logo-300x2461विभिन्न प्रस्तावहरु मथि छलफल गरेर निष्कर्षको पहिचान गर्ने भएको छ ।

त्यस्तै महासंघ चितवन शाखाले केन्द्रिय साधारण सभामा सुचना र प्रविधिको भरपुर उपयोग गरिने भएको छ । साधारणसभालाई उत्कृष्ट र भव्य बनाउन जिल्लाका सबै सञ्चार माध्यामले आवश्यक जनशक्ति र उपकरण उपलव्ध गराउने प्रतिबद्धता समेत जनाएकाले प्रविधिका हिसावले साधारणसभा उच्च स्तरको बनाउन लागिएको जानकारी दिएको छ ।

त्यस्तै महासंघ चितवनका अनुसार महासंघको साधारण सभामा मिडिया सेन्टर नै स्थापना गरेर उच्च गतिको ईन्टरनेटको व्यवस्था गरिने तथा राष्ट्रपति र सरकारका उच्च अधिकारीहरु समेत आउने भएपछि सिसि क्यामेरा जडान गरेर प्रत्यक्ष निगरानी समेत गरिने सूचना प्रविधिसँग सम्बन्धित अन्य संघसंस्थासँग समेत समन्वय गरेर प्रविधिको उच्चतम प्रयोग गर्न लागिएको जनाएको छ ।

त्यस्तै संचार प्रविधि संयोजक शान्ता अधिकारीले साधारण सभामा प्रोजेक्टरको माध्यामबाट विभिन्न ठाउँमा औपचारिक खण्डका गतिविधि देखाईने र प्रतिनिधिहरुको सहजताका लागि हल बाहिर पनि टिभी हेर्न सकिने व्यवस्था समेत मिलाइनुको अलावा आवश्यक समन्वयका लागि समितिका पदाधिकारीहरुलाई वाकीटकीको समेत व्यवस्था गरिएको छ । सोहि क्रममा सुचना प्रविधिको उच्चतम प्रयोगका विषयमा आज महासंघको कार्यालयमा जिल्लाका सञ्चार माध्यामका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफलमा अनलाईन सहितका स्थानिय सञ्चारमाध्यामका प्रतिनिधिहरुले उद्घाटन सत्रको प्रत्यक्ष प्रशासन गर्ने, आवश्यक जनशक्ति र उपकरणहरु उपलव्ध गराउने तथा कार्यक्रम उत्कृष्ट बनाउन आफ्नो सञ्चारमाध्यामका क्षेत्रबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको छन् । प्रत्यक्ष प्रशारण भने सञ्चार प्रविधि उपसतिको संयोजन र समन्वयमा गर्ने निर्णय उल्लेख गरिएको छ ।

त्यस्तैगरि सञ्चार प्रविधि उपसमितिको बैठकले पत्रपत्रिकाको समाचार संकलनका लागि उपसमिति सदस्य नारायण ढुंगाना र अनलाईन टिभी तथा रेडियोको समाचार संकलनका लागि सदस्य राजु चौधरीलाई जिम्मेवारी तोकिएको छ भने भिडियो संकलनका लागि उपसमितिका सदस्य विचित्र पौडेल र तस्वीर संकलनका लागि सदस्य कोमलचन्द्र भगतलाई जिम्मेवारी तोकिएको छ । महासंघको फेसबुक, भाईवर र जिमेलबाट आएका समाचार, तस्वीर, भिडियोहरु आधिकारिक हुने महासंघले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031