बुधबार, बैशाख ५, २०८१

प्रेस युनियनका सचिव क्षेत्रीको उपचारका क्रममा निधन

काठमाडौ वैशाख १६, प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको निधन भएको छ । बे्रन ट्युमरको उपचार गराइरहनुभएका पत्रकार क्षेत्रीको उपचारका क्रममा आज बेलुका अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको युनियनले जनाएको छ । युनियनका महासचिव अजय बाबु surya-kumar surya-chhetri-condolenceशिवाकोटी द्दारा जारी विज्ञप्तिमा २०७१ साल मंसिरदेखि व्रेन ट्युमरबाट पिडित भइ उपचारका क्रममा रहनुभएका क्षेत्रीको शल्यक्रिया र अन्य प्रविधीको प्रयोग गरि नेपालस्थित अन्नपूर्ण न्यूरो अस्पताल र भारतमा पनि उपचार भएको थियो।

केहि महिनादेखि ब्रेन ट्युमरको समस्या थप बल्झिएपछि क्षेत्रीको न्यूरो अस्पताल माइतिघर काठमाडौंमा उपचार भइरहेको थियो। बिहिवार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएपछि न्युरो अस्पतालमा उपचारका लागि पुर्‍याइएका क्षेत्रीको चिकित्सकहरुले उपचारका क्रममा राती सवा ९वजेतिर मृत घोषित गरिएको उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा सहकर्मी क्षेत्रीको असामयिक निधनले युनियनले स्तव्ध भएको भएको उल्लेख गर्दै शोकको घडीमा स्वर्गीय क्षेत्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दछ। साथै शोकसन्तप्त क्षेत्री परिवारप्रति युनियन समवेदना प्रकट गरेको छ ।    क्षेत्रीको श्रीमती र एक नावालक छोरा छन। उहाँका बा आमा स्याङजामा रहँदै आउनुभएको छ। परिवारका सदस्यहरु काठमाडौं आइसकेपछि स्वर्गीय क्षेत्रीको शुक्रवार दाहसंस्कार गरिने भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031