बुधबार, बैशाख १२, २०८१

प्रधानद्वारा ५० हजार सहयोग

काठमाडौं बैशाख ८, आगामी वैशाख २१ र २२ गते चितवनमा हुन गईरहेको नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाका लागि समाजसेवी महेन्द्रलाल प्रधानले ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ । महासंघमा आयोजित छलफल कार्यक्रममा समाजसेवी प्रधानले सो रकम सहयोग गर्नुभएको हो । उहाँले साधारणसभा सम्पन्न गर्नका लागि सबै पत्रकारहरुलाई जिम्मेवार बाडफाड गरि सो अनुरुप दायित्वबोध निर्वाह गर्न सुझाव दिनुभयो । आवश्यक परे अन्य सहयोग गर्न समेत आफु तयार रहेको प्रधानको भनाई थियो । महासंघको आफ्नै विधान बनाउने साधारणसभाको रुपमा समेत लिइएको यो साधारणसभालाई महत्वका साथ हेरिएको छ । साधरणसभा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै हुुनुहुन्छ ।

साधारण सभाका लागि आर्थिक संकलन हुने क्रम शुरु भएको महासंघका उपाध्यक्ष एवं आर्थिक समितिका संयोजक दीपेन्द्र बडुवाले जानकारी दिनुभयो । साधारणसभालाई भव्य रुपमा सम्पन्न गर्न चितवनका स्थानीय निकाय, राजनीतिक दल, समाजसेवी, व्यवसायी सबै सकारात्मक छन् । साधारण सभाको तयारी तिव्र रुपमा भइरहेको महासंघका अध्यक्ष एवं स्थानीय मुल व्यवस्थान समितिका संयोजक हरि प्रसाद पोख्रेलले बताउनुभयो । कार्यक्रमपछि समाजसेवी प्रधानले महासंघ जिल्ला समिति चितवनको नवनिर्मित भवनको अवलोकन समेत गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।