शुक्रबार, बैशाख १४, २०८१

खानपान र जीवनशैलीमा ध्यान दिँदा मुटु रोग लाग्दैन: मुटु रोग विशेषज्ञ डा.प्रेमराज वैद्य

दिनप्रतिदिन बढिरहेको स्वास्थ्य समस्या मध्ये मुटु रोग पनि एक हो । मुटु रोग के हो ? किन यसका रोगीहरु बढिरहेका छन् ? अनि यसको उपचार नेपालमा कत्तिको सम्भव छ ? यसै बिषयमा मुटु रोग विशेषज्ञ एवं हृदय शल्य चिकित्सक डा.प्रेमराज वैद्यसँग  kantipurhotline.com कालागि विमलकुमार थापाले गर्नुभएको कुराकानी ।

झण्डै झण्डै २ बर्ष अघि नेपालमा तपाईले काम गर्ने वातावरण भएन भनेर श्रीलंका जानुभएको थियो अहिले कति समय भयो नेपाल आउनुभएको ?
अहिले नेपाल फर्केको चाहिँ डेढ महिना मात्र भयो । र मैले त्यतिखेर पनि भनेको थिएँ कि, यदि मैले काम गर्ने ठाउँ र साधन सहित जनशक्ति उपलब्ध भयो भने म नेपालै फर्कन्छु । नेपालमा भूकम्पपछि मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठसँग भेटघाट भएपछि उहाँले नै नेपाल आउनुहोस् । तपाईको लागि के–के सामान चाहिन्छ ? कति मान्छे चाहिन्छ ? म सबै दिन्छु तपाईले नेपालमै काम गर्नुप-यो भन्नुभयो त्यसपछि मैले नेपाल फर्कने निर्णय गरेँ ।
त्यसो भए अब चाहिँ तपाईमा भएको दक्षता अनुकूल काम गर्ने वातावरण नेपालमा तयार भएको हो त ?
अहिले नै भइरहेको चाहिँ छैन । तर, डा. पुकारले मलाई दिनुभएको बचन अनुरुप, तपाई आज आउनुहोस् भोलि नियुक्ति दिन्छु भन्नुभएको थियो । सोही अनुसार नियुक्ति पनि दिनुभयो । एक हप्ता भित्र मुटुको अपरेशन गर्नका लागि मुख्य ठूलो मेशिन “हर्ट लङ्स” मेशिन किन्ने प्रक्रिया अगाडि बढाउनुभयो । तीन महिनाभित्र सो मेसिन पनि आउने निश्चित भएको छ । त्यसको लागि आवश्यक अन्य इन्सट्रुमेन्ट अर्डर हुन बाँकी छ । त्यो पनि ३ महिना देखि ६ महिना भित्र आउने भएको छ भने अन्य आवश्यक जनशक्तिलाई तालिममा पठाइसक्नुभयो । यसले म अत्यन्त उत्साही भएको छु । यदि जनशक्ति र साधन उपलब्ध भयो भने यहाँ नसकिने केही पनि छैन । मुटु रोगको उपचार गर्न विदेश जानुपर्ने अवस्था हुँदैन अब ।
अहिले मानव अंग प्रत्यारोपण केन्द्रमा अहिले के गरिरहनुभएको छ ?
अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्रमा चाहिँ विशेषगरी मृगौला प्रत्यारोपण मात्र भइरहेको छ । हालसम्म १३० वटा जति मृगौला प्रत्यारोपण भइसक्यो । अब निकट भविष्यमा यहि कलेजो प्रत्यारोपणको त्यारी भइरहेको छ । गत हप्ता मात्रै कलेजोको एउटा ठूलो सर्जरी भयो । एउटा भाग काम नगरेको कलेजोलाई काटेर फाल्नुपर्ने जुन नेपालमा सम्भव थिएन । तर केन्द्रमा यो सम्भव भयो । अब हाम्रो लक्ष्य भनेको आगामी ६ महिना देखि एक वर्षभित्रमा मुटुको अपरेशन पहिला सुरु गर्ने र ५ वर्ष भित्रमा चाहि मुटु तथा फोक्सो प्रत्यारोपण गर्न सम्भव हुन्छ होला ।
तपाई मुटु रोग विशेषज्ञ हुनुहुन्छ । मुटुको रोग भनेको के हो ?
मुटुको रोग २ किसिमको हुन्छ । एउटा जन्मजात जुन जन्मदै मुटुको रोग बोकेर जन्मने र अर्को चाहि जन्मिसकेपछि हुने रोग । म चाहिँ जन्मजात भन्दा पनि जन्मिसकेपछि हुने रोगको अपरेशन गर्छु । र जन्मिसकेपछि हुने रोगमा पनि विषेश तिन प्रकारको रोग हुन्छ । त्यसमा एउटा मुटुको धमनीको रोग, कोरोनरी आर्टरी डिजिज भन्छौ । जुन चाहिँ नसा बन्द भएपछि हृदयघात हुन्छ । अर्को चाहिँ मुटुको भल्भको सर्जरी । भल्भ विगे्रको खण्डमा भल्भ मर्मत गर्नुपर्ने वा फेर्नुपर्ने हुन्छ । अर्को भनेको मुटुको कन्डक्सन सिस्टम भन्छौ हामी । जसमा करेन्टको नसाजस्तो हुन्छ जसले गर्दा चाहि मुटु चल्छ , धड्कन दिने धड्कन सम्बन्धी रोग भयो भने पनि अपरेशन गर्नेुपर्ने हुन्छ । र चाथौ भनौ यो चाहि जन्मजात हो । तर ठूला भइसक्दा पनि मुटुमा प्वालहरु हुनेगर्दछ । सानो बेलामा थाहा नपाएर ठूलो भइसकेपछि पनि हामी अपरेशन गर्छौ । तर अर्काे भनेको हृदयघात भइसकेपछि पनि मुटुमा नरम भएर त्यहाँ प्वाल पर्न सक्ने सम्भावना हुन्छ यस्तो प्वाल परेको व्यक्तिको ९९ प्रतिशत मृत्यु हुन्छ । १ प्रतिशत लाई मात्र समयमा उपचार गर्न सक्यो भने बचाउन सकिन्छ । मुटुको रोगमा सबै भन्दा बढी चाहि धमनी रोग हो । यो अहिले पश्चिमा देशहरुमा घट्दै गएको छ भने हाम्रो जस्तो देशमा अहिले बढ्दै गएको छ ।

मुटु रोग किन लाग्छ ? र यसबाट कसरी बच्न सकिन्छ ?
सबैभन्दा महत्तवपूर्ण कुरा खानपिन र जीवनशैली नै हो । जसले गर्दा सुगर, कोलेस्ट्रोल बढ्छ । त्यसपछि ब्लकेज सुरुवात हुन्छ । त्यसैले हामीले मुख्य ध्यान दिनुपर्ने जीववनशैलीमा परिवर्तन गर्न सक्यौ धेरै हदसम्म यसको रोकथाम गर्न सक्दछौं । नेपालमा जो पहाडमा बस्छन्, धेरै हिड्छन्, कम खान्छन्, उनीहरुमा ९९ प्रतिशतमा मुटु रोग लाग्दैन। तर सहरमा चाहि अब पहिला १० देखि १५ प्रतिशत छ भन्थ्यौ, अब यो चाहि बढ्दै ३० देखि ३५ प्रतिशतमा पुगिसकेको अवस्था छ । मुख्य कुरा यसबारेमा जनचेतना नहुदा नेपालमा चाहि ४०–५० बर्ष उमेर भएको मानिसहरुको हृदयघात भएर मृत्यु भइरहेको छ । हृदयघात एकै चाटि हुदैन । जब शत प्रतिशत धमनी बन्द हुन्छ । तबमात्र हृदयघात हुन्छ । त्यो बन्द हुने प्रक्रिया चाहि एकै दिनमा हुदैन ।। त्यो चाहि बर्षै दिन देखि विस्तारै विस्तारै सुरु हुदै गएपछि ७० प्रतिशत भन्दा बढिभएपछि त्यो बेलामा सामान्य संकेतहरु देखिन्छ । जुन चाहि यदि तपाई भर्याङ चढेर १, २ तल्ला चढ्दा स्वाँ–स्वाँ आउछ । एकछिन आराम गरेपछि आफै ठीक हुन्छ । यस अवस्थामा मुटुको धमनी ब्लकेज छ कि भनेर १ पटक चेकअप गर्नैपर्छ ।  विदेशमा अहिले यस बारेमा राम्रो सचेतना बढेको छ । केही नभएको व्यक्तिले पनि ४० वर्ष लागेपछि कमसेकम जिन्दगीमा एकपटक मुटुको इन्भेस्टीगेसन डाइग्नोसिस चाहि गर्नुपर्दछ । यसो गर्दा केही समस्या छ भने पत्ता लगाउन सकिन्छ । यदि त्यसमा केही पनि खराबी देखिएन भने ५ वर्ष पछि मात्र गराए पनि हुन्छ । यदि त्यसमा कुनै सुगर कोलेस्ट्रोल बढेको छ अरु कुनै इ.सि.जिमा खसाबी देखियो भने १ वर्ष अथवा २ वर्ष पछि जाँच गर्नुपर्छ । तर सबै सामान्य छ भने ५/१० वर्ष पछि दोहो-याउनुपर्दछ ।

अहिले नेपालमा मुटु रोगको उपचार गर्न सकिन्छ भनेर फर्कनु भएको छ । नेपालमा यसको उपचार कत्तिको सम्भावना छ ?
अपरेशनमात्र गरेर मुटुको रोग सम्भावना छैन । यो चाहि स्थायी उपचार होइन । यो चाहि अस्थायी उपचार मात्र । खाली मानिसको आयु लम्बाउने ५–१० देखि ४०– ५० वर्ष लम्बाउन सकिन्छ । तर यो रोग लाग्नै नदिनपट्टी हामीले ध्यान दिनुपर्दछ । जन्मजात लाग्ने रोगहरु रोक्न गाह्रो छ । तर, पछि लाग्ने मुटु रोगको रोकथामका हामीले २–४ वटा कुरामा ध्यान दियौ भने देखि ५० प्रतिशत भन्दा बढी हामीले रोक्न सक्छौ । त्यसमा पनि सबैभन्दा त धमनीको रोगबाट संसारमा सबैभन्दा बढी मानिसको मृत्यु चाहि मुटुको धमनी बन्द भएर हृदयघातबाट संसारमा सबभन्दा बढि मानिसको मृत्यु हुने कारणले गर्दा त्यसको चाहि एउटा बाइपास अपरेशन गरेर मात्र आयु लम्ब्याउन सक्छौ । त्यसलाई चाहि रोकथाम गर्नका लागि चाहि हामीले सबभन्दा पहिले ४० वर्ष नागिसकेको व्यक्तिले बर्षको एकपटक सुगर कोलेस्टो«ल र ब्लड पे्रसर चाहि वर्षको ४÷५ पटक चेक गरिरहनु जरुरी छ । यदि सुगर बढी छ भने महिनाको १ पटक, कोलेस्ट्रोल बढी छ भने वर्षको २ पटक चेक नै गर्नुपर्छ । यदि ब्लड पे्रसर हाइ छ भने महिनाको १ पटक चेक गर्नुपर्छ । यो तीनवटालाई मात्र नियन्त्रण गर्न सकियो भने आधा मुटुको धमनीको रोग कम हुन्छ । त्यस्तै कम्तिमा पनि एक जना व्यक्तिले आधा घण्टा दैनिक हिडेको खण्डमा हामीले खाएको खानेकुराहरु खर्च हुन्छ । अर्को चाहि हामीहहरु मनसिक तनावमा बस्नु हुँदैन । धेरै मानसिक तनावमा बस्यौ भने रगतको धमनी चाहि खुम्चने र धमनी रोग चाहि बढ्ने हुन्छ । यसको निम्ति नियमित रुपमा रुपमा व्यायाम र ध्यान गर्नु जरुरी छ ।

तुलनात्मक रुपमा मुटु रोगको उपचार लागत बढी छ भनिन्छ ? किन होला ?
हो एकदम सहि कुरा हो । अरु अपरेशनमा चाहि सर्जंन, नर्स, र बेहोस गर्ने डक्टर भए पुग्छ । तर मुटुको अपरेशन गर्नेलाई अर्को चौथो एकजना व्यक्ति फियोजनिस्ट भन्ने व्यक्ति पनि चाहिन्छ जसले चाहि मुटु हामीले रोकेर मुटुको सट्टा मेशिन चलाउँछौ, त्यो मेशिन चलाउने व्यक्ति पनि हुन्छ । त्यो मेसिन सबैभन्दा महँगो छ । र त्यो मेशिनमा प्रयोग गर्ने सामान सबै भन्दा महंगो छ । त्यसकारण चाहि मुटुको अपरेशन चाहि सबै भन्दा महंगो अपरेशन हो ।
नेपालमा मुटु रोगको उपचारमा कस्तो चुनौती देख्नुहुन्छ ?
अहिले मुख्य समस्या भनेको जनशक्ति नै हो । अपरेशन गरिसकेपछि पनि ६ घन्टासम्म फेरि मुटु खोल्नुपर्ने अवस्था चाहि ३०÷४० प्रतिशत सम्भावना हुन्छ र त्यो चाहि तुरुन्त खोल्नुपर्ने हुन्छ । त्यस कारण चाहि मुटु खोल्न सक्ने व्यक्ति अस्पताल भित्र हुन जरुरी हुन्छ । त्यो चाहि अहिले गंगालाल र टिचिङ अस्पतालमा मात्र सम्भव छ । निजी हस्पिटलमा डक्टरहरु अपरेशन गरेर घर जान्छन् । ४ घन्टा भएपछि फेरि खोल्नुपर्यो भने कोही आउन सक्दैनन् । त्यसकारण चै नेपालमा सम्भव नभएको हो । यदि २४ घन्टै मुटु कुनै पनि बेलामा खोल्नु पर्ने अवस्था आयो भने तुरुन्तै खोल्न सक्ने डक्टर अस्पताल भित्रै रहेको खण्डमा कुनै पनि अपरेशन गर्न सम्भव हुन्छ नेपालमा ।
नेपालमा मुटु रोगको उपचार गर्ने जनशक्ति कत्तिको छ ?
एकदमै कम छ । अहिले अपरेशन गर्न सक्ने डक्टर औलामा गन्न सकिन्छ । ४–५ जनाले मात्र अपरेशन गरिरहनुभएको छ । अब १ वर्ष भित्र नै अर्को दश जना जतिनै नेपाल फर्कदै हुनुहुन्छ । र दश जना भन्दा बढी त बिदेशमा काम गरिरहनुभएको छ । अझै यदि नेपालमा चाहि अब यो अपरेशन गर्ने डक्टर बढेको खण्डमा चाहि हामी चौविसै घण्टा एकजना अस्पताल क्षेत्र भित्र बस्छौ भने हामीले कुनै पनि अपरेशन गर्न सम्भव हुन्छ । यसको निम्ति सरकारले पनि विशेष व्यवस्था गर्नु जरुरी छ । 