शुक्रबार, बैशाख ७, २०८१

पर्यटनलाई पूर्व अवस्थामा फर्काउने प्रयत्नमा लागेका छौं : दिनेश थपलिया, सचिव, पर्यटन मन्त्रालय

पर्यटन सचिवको जिम्मेवारी सम्हाल्दै गर्दाको अनुभवहरु कस्तो रह्यो ?

वास्तवमा म चाहीं एउटा सामान्य किसान परिवारको मान्छे हुं । साधारण स्कुलमा मैले पढे र म निजामति सेवामा २०४७ मा प्रवेश गरेको हुँ । त्यसपछि मैले जहाँ जे जिम्मेवारी पाएं त्यसलाई मैले मेरो कर्तव्य ठानें । त्यो जिम्मेवार प्रतिको मेरो निरन्तर लगाव, काम प्रतिको अपनत्व र आफ्नो कर्तव्य र जिम्मेवारलाई सकारात्मक ढंगले सम्पादन गर्नु पर्छ भन्ने सोच र यो सेवामा आइपुगेपछि सकेसम्म प्रतिस्पर्धा गरेर, मेहनत गरेर, उपल्लो श्रेणिमा पुग्नु पर्छ भने त्यो प्रयत्न त्यो त चाही हाल्यो । यिनी कुराहरुले गर्दा म यो जिम्मेवारीमा छु ।

महाभुकम्पको क्षति र तराईको जिल्लामा देखिएको अस्थिरताका अवस्थामा नेपालको पर्यटन र हवाई क्षेत्रलाई कसरी चाहीं पूर्ववत् अवस्थामा हामीले पुर्याउन सक्छौं ?

पर्यटन क्षेत्र भनेको बहुआयामिक क्षेत्र हो । यो अत्यन्त ब्यापक छ । आकर्षक पनि छ । अब यो सर्वकालिक हो किनभने यो एक समय मात्र हुंदैन र सांच्चै भन्नुहुन्छ भने यो साझा सरोकारको अत्यन्त संवेदनशील बिषय हो । भुकम्प मात्र होइन, गत बर्ष यही समयमा हुडहुड सुनामीको कारण ब्यापक रुपले हिमपात भयो । हिम पहिरो गयो त्यसको कारणले पनि पर्वतारोहण र पदयात्री हरुको ठूलो संख्यामा हताहत हुनगयो । त्यसको घाउ निको नहुंदै भुकम्पको पिडा, हामीले महशुश गर्नुपर्यो । जसका कारण पर्यटन क्षेत्रमा पनि समस्या उत्पन्न हुनगयो । अझ अहिलेको अवस्था भनेको मानवीय बिपतको अवस्था छ । नेपालमा लामो समयदेखि फस्टाउंदै गएको यो बन्द हड्ताल, चक्काजाम, आगजनी सघर्षको गलत संस्कारको कारणले पर्यटन क्षेत्रमा पनि प्रभावित भइरहेका छन ।
यद्यपी नेपाल आउने पर्यटकहरुलाई नेपाल आउन निम्ति सुरक्षित छ, यहांको सुन्दरता, प्राकृतिक सुन्दरता, जैविक बिबिधता, यसको रसस्वादन गर्न तपाइंहरु आउनुपर्छ, आउनुहोस्, हामीले सुबिधा दिन्छौं भन्ने एउटा सन्देश जारी गर्दै हामीले पर्यटकीय प्रबर्धन गर्नका निम्ति एउटा राष्ट्रिय पर्यटन प्रबर्धन समिति बनाएर, निजी क्षेत्रको पनि साझेदारीमा बैदेशिक नियोगमार्फत सकारात्मक सन्देश फैलाउन प्रयत्न गरेर हामी पर्यटनलाई पूर्व अवस्थामा फर्काउने प्रयत्नमा लागेका छौं ।

नेपालको पर्यटन र हवाई क्षेत्रका मुख्य चुनौति चाहि के हो ?

पर्यटन क्षेत्र समस्या र चूनौतिको क्षेत्र भन्दा पनि संभावनाकाृ क्षेत्र बढी हो भनेर प्रमाणित गर्न जरुरी छ । त्यो कसरी भने जुन भूकम्पले क्षति भयो हामीले भन्यौं, हवाई क्षेत्र को दृष्टिकोणले हेर्नु हुन्छ भने हाम्रँ कुनै पनि त्यो समस्यामा परेनन् । धेरै होटल ब्यवसायी धेरै सुरक्षित रहे । पर्यटकीय स्थल पनि भूकम्पको जोखिममा परेनन् । बैदेशिक लगानीका लागि एउटा आकर्षक थलो पर्यटन हो । रोजगारी सिर्जनाको एउटा ठाउं हो र पर्यटन क्षेत्रमा लगानी गरेको खण्डमा त्यो जोखिम हुंदैन भन्ने एउटा सन्देश दिने र पर्यटन मैत्री नीति, संरचना र एउटा पद्दति निर्माण गरी अलिकति छिटो सुबिधा सहित नीजी क्षेत्र मैत्री वातावरण तयार गर्ने गरी, नीतिगत एवम्ं संस्थागत सुधार गर्दै जानुपर्छ । पर्यटनको प्रभाव अन्र्तराष्ट्रिय स्तरमा पनि छ भने राष्ट्रिय स्तरमा अनि स्थानीय स्तरमा पनि छ । यो सबैक्षेत्र तिर अन्र्तसंबन्धित भएको हुनाले, हामीले हवाई क्षेत्रको दृष्टिकोण मा बिभिन्न राष्ट्रहरुसंग सम्झौता गर्ने वायुसेवा निगको क्षमता बढाउन हामी लागि परेका छौं ।

पर्यटन क्षेत्रमा असहजता निराकरणको लागि के हुँदै छ त ?

पर्यटन व्यवसायीहरु समेतको साझेदारीमा हामीले यस क्षेत्रमा विद्यमान समस्या भनौ वा चुनौतीको पहिचान गर्दै कसरी यसलाई पूर्व अवस्थामा ल्याउन सकिन्छ भन्ने निर्यौक्यौल गरि यहाँको प्राकृतिक सुन्दरता, जैविक बिबिधताको मर्मस्पर्सी हाम्रा सकारात्मक सन्देश प्रवाह गर्दै आवश्यक क्रियाकलाप सञ्चालन गर्दै आइरहेका छौं 

अन्य देशको तुलनामा चीनीया पर्यटकको आगमन पनि नेपालमा ह्वात्तै बढेको छ । यसका पछाडी को कारण के हो त ?

एकदम जायज प्रसंग हो यो यसमा मुलत तथ्यांक के पाउंछौ भने सन् २०१० मा ४६ हजार ३६० जना चिनियां पर्यटक आएकोमा गत आथिर्क बर्ष २०१४ मा १ लाख २३ हजार ८ सय जना चिनियां पर्यटक आए । यो एकदमै सकारात्मक तथ्यांक हो । यसबाट हामीले के बुझेका छौं भने नेपालको पर्यटनको मुख्य स्रोत चीन हुन सक्छ । अर्को कुरा उनीहरु किन आएका छन् भनेर हेर्दा एउटा नेपालको बिबिधता हेर्नका लागि साथ साथै अहिले चाहिं चिनियां पर्यटहरु बिदा मनाउन पनि आउने गरेका छन् । अलिकति गुणात्मक र अलिकति लामो समय पनि बस्ने र धेरै जस्तो चिनियां हरुको गन्तब्य स्थल भनेको पोखरा हो । उनीहरु चाहीं यो र्याफ्टिङ्, बन्जि जम्पिङ्, प्याराग्लाइडिङ्,मा चिनियांहरु आकर्षित छन् । उनीहरुको आवश्यकतालाई मिट गर्ने गरी नेपालले प्रभावकारीरुपमा काम गर्दै छ ।

त्यस्तै आज भन्दा करिब १३ सय बर्ष अघि अंशुवर्माकी छोरी भृकुटीलाई स्रङ्चङ् गम्पो राजाले चीनमा बिवाह गरेको र उनीहरुले अत्यन्त ठूलो बुद्द मन्दिर बनाएको अत्यन्त प्राचीन थलो हेर्नका लागि पनि उनीहरु नेपाल जान इच्छुक भएको पाएको छ । । साथै विध्मान तथ्याकमा अझ वृद्दि गर्ने हो भने हामीले केही महत्व पूर्ण नाकाहरु खोल्न जरुरी छ । एउटा नाका, दोश्रो हवाई यातायात पनि हामीले बनाउन आवश्यक छ यसको लागि अहिले स्वाभाविक क्षेत्रहरु देखिएको भनेको ल्हासा, सांघाई, बेइजिङ्, ग्वान्जाऊ र कतिपय हङ्कङ् मा आएका चिनियां पर्यटकहरु नेपाल भित्र्याउन को निम्ति यसरी हामी जान सक्यौं भने धेरै फाइदा लिन सकिन्छ ।

 नेपाल र चीनबीचको हवाई सम्झौताभएपनि चीनको सबै ठूला सहरमा काठमाडौबाट सिधा हवाई सम्पर्क विस्तार हुन नसकेको हो ?

यो बर्ष भर्खरै टर्कीमा आठ वटा देस संग हामीले हवाई उडानको केही नयां सम्झौता र केही पुरानो सम्झौता लाई पुनरावलोकन गर्यौं । त्यही क्रममा चीनसंग पनि अनौपचारिक छलफल भयो । अबका दिनमा नेपालले कति वडा उडान चिनिया सहरमा भर्न सक्छ र अर्को कुरा एनएसीको क्षमता पनि हामीले हेर्नु पर्छ । सम्झौता गर्नको निम्ति हामीले आफ्नो क्षमता पनि बढाउनु पर्ने हुन्छ । हामीले चीनतिर उडान संख्या बढाउनुपर्ने हुन्छ । अहिले ५६ फ्लाइटहरु भएपनि हामीले ५६ वटा प्रयोग गरिरहेका छैनौं । तर अलिकति अनलिमिटेड फ्लाइटको कन्सेप्टमा जानुपर्छ । हाम्रै वायु सेवा निगममार्फत् पनि सेवा दिने गरी अगाडी बढ्नुपर्छ । त्यसका लागि हामी प्रयास गरिरहेका छौं । एनएसीको बिषयमा अध्ययन पनि गरिरहेका छौं ।

कुराकानीको क्रममा थप चिनिय पर्यटक भित्र्याउने पहल हुँदैछ भन्नुभयो । कुनकुन चिनियां सहरसंग जोडिने गरी काम हुदै छ ?

हामीले अहिले तीनवटा चिनियां सहरमा बढी फोकस गरिरहेका छौं । एउटा हाम्रो दूतावास भएको कारणले बेइजिङ्, दोश्रो निकै राम्रो प्रयत्न ल्हासास्थित महावाणिज्यदूतावासमार्फत् भइरहेको छ । धेरै पर्यटकहरु स्थल मार्गबाट पनि ल्याउने प्रयत्न भइरहेको छ । त्यस्तै ग्वान्जाओमा पनि महावाणिज्यदूतावास खोल्ने र त्यहां मार्फत् पनि काम गर्ने सरकारको योजना छ । मुलत हाम्रो अहिलेको दृष्टि भनेको सांघाई ,कुन्मिङ लगायतका शहर रहेका छन

राष्ट्रिय ध्वजाबाहक एनएसीले हङ्कङमा मात्रै उडान भरिरहेको छ । अझै पनि मुख्य भूमिमा उडान भर्न सकेको छैन नी होइन र ?

हामी यतिबेला एनएसीको क्षमता बढाउन तिर लागेका छौं । पुरानो संरचना, अत्यन्तै पुरानो हवाई जहाज, ल्याएको हवाई जहाजले पनि प्रँबिधिक कारणले भन्या जति उडान भर्न नसक्ने अवस्था छ । र्पयट मन्त्रालयले सचिव नै नेवानीको अध्यक्ष हुने भएकाले मैले यो जिम्मेवारी सम्हालीसकेपछि त्यहां ३, ४ पटक बैठक गरे । सबै संग पोजिटिभ कुराकानीको सुरुवात भएको छ । केहि समय पछिनै नयाँ उडान हुन सक्छ भन्ने मेरो बुझाइ छ ।

नेपाल भरि छरिएका ३ दर्जन भन्दा बढी विमानस्थल हरुको भौतिक सेवा सुबिधाहरुमा गुनासो हरु आउने गरेको छ । विमानस्थलको सुधार गर्नेबारे कुनै नयाँ योजना ?

अहिले हामीले मुलभूत रुपमा ५, ६ वटा कुरामा केन्द्रीत छौं । त्रिभुवन विमानस्थल जहां बिदेशी पर्यटक आउंदा नेपाल प्रतिको पहिलो धारणा बन्छ, जहांबाट झन्डै नेपाल प्रतिको सम्झना कस्तो हुने भन्ने छाप लिएर पर्यटक जान्छन्, त्यसकारण त्रिभुवन विमानस्थलको सुधार गर्ने सवालमा हाम्रो योजना छ, काम पनि भइरहेको छ ।

पर्यटकीय स्थल पोखरामा दोश्रो अन्र्तराष्ट्रिय विमानस्थलको लागि भनेर सुबिधा युक्त, प्रबिधि युक्त, ऋण प्रदान गरेको थियो चीनले । यसलाई काम अघि बढाउनका लागि के भइरहेको छ ?

अहिले नेपालमा अन्र्तराष्ट्रिय विमान त्रिभुवन विमानस्थलले मात्र धानेन । हामीले अर्को दोश्रो ठूलो बाराको निजगढमा निर्माण गर्दैछौं । त्यो अत्यन्तै नेपालको सबै भन्दा ठूलो र सेवा सुबिधा सम्पन्न हुन्छ र अर्को क्षेत्रीय अन्र्तराष्ट्रिय विमान भनेर पोखरामा चीन सरकारको अनुदान सहयोग र केही सुलभ ऋणमा बन्ने क्रममा छ । पोखरा विमास्थलको लागि एमओयु र सम्झौताका सबै सर्तमा आज भन्दा करिब १५, १८ दिन अघि दुई पक्षीय कुराकानी गरेर त्यसलाई फाइनल गरिसकेका छौं । छिट्टै नै अब दुई देशको बीचको अन्तिम सम्झौता हुनेछ । त्यसपछि संभवतः हामीले एक महिना भित्र मा पोखरामा विमानस्थलको सिलान्यास गरेर निर्माण कार्य प्रारम्भ गर्नेछौं । जग्गा अधिग्रहण र मुआब्जा दिने काम भइसकेको छ ।

नेपाली लगानी कर्ता र तिब्बतको हिमालय एयरलाइन्स बीच संयुक्त लगानीमा अन्र्तराष्ट्रिय उडान भर्ने, सञ्चालन गर्ने सम्झौता भएको अवस्थामा नयाँ थप नायाँ सम्भावना देख्नुहुन्छ ?

अहिले सँच्चै भन्नुहुन्छ भने नेपालको नीजी क्षेत्र मार्फत अन्र्तराष्ट्रिय उडान भर्ने, यो अत्यन्त महत्वपूर्ण सम्झौता भएको छ । यसले हवाई यातायात तिर एउटा ठूलो लगानीको ढोका खोलेको छ । अर्कोरित हाम्रो विमानस्थल हरु निर्माण गर्ने र विमान सेवा लाई प्रबर्धन गर्ने हिसाबमा पनि यो निकै सकारात्मक उपलब्ध हो ।

त्रिभुवन विमानस्थलबाट जस्तै सामान हराउने, घण्टौ सम्म कुनुपर्ने लगायतका यावत समस्याका कारण टुरिस्टहरुमा नकारात्मक सन्देश गएको छ । समस्या कहिले हल हुन्छ ?

अहिले यसमा के छ भने, हाम्रो ४ वटा बेल्ट मात्रै प्रयोगमा छन् । बिदेशबाट विमान आउँदा खेरी त्यो अपर्याप्त भइरहेको छ । अहिले हामीले विमानस्थलको सुधारिकरण आयोजना अन्र्तगत केही संरचना निर्माण गर्दैछौं । अहिलेको तेश्रो बेल्टलाई आधुनिक प्रबिधि सहित चांडै मर्मत सुधार सम्भार गर्यौं भने पनि २, ३ बर्षको समस्या यसले थेग्न सक्छ । अहिले तत्काल भइरहेको लाई मेन्टिनेन्स गरेर अगाडी बढाएका छौं । त्यो सम्पन्न होला र सुबिधा पुग्ला भन्ने मैले ठानेको छु ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930