मङ्लबार, बैशाख ११, २०८१

संकटको समयमा साल्ट ट्रेडिङग कर्पोरेसनले जनता माझ सरकारको प्रत्यक्ष उपस्थितीलाइ प्रमाणित गरेको छ:

कुमारराज भण्डारी, सहायक महाप्रबन्धक एवम् प्रवक्ता साल्ट ट्रेडिङग कर्पोरेसन

12968693_10204304029759580_1555846201_n

 

उपभोक्तामैत्री वितरण प्रणालीका कारण विगतमा हामीले पाउँदै आएको एलपीजी ग्यासको कोटामा थप वृद्धि समेत भएको छ

४ दशक भन्दा लामो समयअघि स्थापित साल्ट ट्रेडिङग कर्पोरेसन लिमिटेड आजपर्यन्त आम नेपाली उपभोक्ता समक्ष विश्वसनीय र आकर्षक सस्थाको रुपमा आफुलाइ उभ्याउँन सफल भएको छ । प्रष्टमार्गचित्रमा गत बैशाखमा गएको महाभूकम्पको समय होस वा मधेस आन्दोलन र भारतीय अघोषित नाकाबन्दीको समयमासमेत उपोक्ताहरुलाइ सहजरुपमा एसटिसी एलपीजी ग्यास लगायतका खाध्यान्न विक्रीवितरण गर्दै उपभोक्ताको सेवामा प्राइभेट पब्लिक पार्टनरसिपको अवधारणा अनुरुप समर्पित रहदै आएको प्रस्तुत संस्था यसवीचमा दक्ष जनशक्ति र दृढ नेतृत्वको बलमा आफुलाइ स्थापित गर्न सफल भएको सहजै बोध गर्न सकिन्छ । यद्यपी खुला बजार अर्थतन्त्र अपनाइएको राज्यको अर्थनीति भित्रै साल्ट ट्रेडिङग प्रतिस्पर्धात्मक ढङ्गले अघि बढिरहेको छ । समय र परिस्थितिको गतिसँगै आफूलाई ढालेर आम उपभोक्ता समक्ष सफलतापूर्वक उभिदै गर्दा आज आएर यो संस्था सरकारी र निजी क्षेत्रका लागि समेत उदाहरणीय संस्था बनेको छ । 

साथै सेवामुखी अवधारणालाई अझ् प्रभावकारीरुपमा कार्यान्वयन गर्दै साल्ट ट्रेडिङगले भारतबाटै आयातित आयोडिनयुक्त नून अपत्यारिलो गरी सस्तो मूल्यमा नेपाली उपभोक्तामाझ भारतीय बजार भन्दा सस्तो मूल्यमा उपलब्ध गराउने नीतिको निरन्तरता नै यो संस्थाको सेवामुखी उद्देश्यको सशक्त उदाहरण बनेको अवस्था छ । यसै प्रसंगमा राष्ट्रियता र स्वदेशीपन बोकी नेपाली जनताको आवश्यकता परिपूर्ति गर्दै आएको साल्ट ट्रेडिङग कर्पोरेशनका सहायक महाबन्धक एवम् प्रवक्ता कुमारराज भण्डारीसंग समसामायिक प्रसंगमा  श्रीजन झाले   गर्नु भएको कुराकानीको सम्पादीत अंश यहाँ प्रस्तुत गरिएको छ ।

मुलुकमा भारतीय अघोषित नाकाबन्दी खुलेपछि ग्यास वितरणको अवस्था कस्तो रहेको छ ?

ग्यास वितरणको कुरा गर्नुपर्दा नाकावन्दीको पछिको कुरा मात्र होईन गत बैशाखमा गएको महाभूकम्पको समय देखिनै जिम्मेवार रुपमा साल्ट ट्रेडिङले नेपाल सरकार र सरोकारवाला विभागबाट प्राप्त निर्देशन अनुरुप जिम्मेवाररुपमा पारर्दर्शी रुपमा र उपभोक्राले पाउन भन्ने लक्ष्यअनुरुप सूचना प्रवाह गरि क्षेत्रगतरुपमा डिलरमार्फत मात्र नभइ जनतामाझ सरकारको प्रत्यक्ष उपस्थिती बोध हुनेगरि ट्रेडिङगको केन्द्रीय परिसरबाट समेत सहज रुपमा प्राप्त कोटा अनुरुप काठमाडौको पुर्व , पश्चिम, उत्तर, दक्षिण सवै क्षेत्रलाई समेटेर वितरण व्यवस्थापन गर्दै आएको छौं ।

तर अहिले पनि सहजरुपमा उपभोक्ताले ग्यास पाइरहेको अवस्था छैन नी त ?
नियमित एवम् सहज रुपमा उउपभोक्ताले ग्यास पाउनु पर्ने विषयमा कुरा गर्दा हामीलाई प्राप्त कोटाको सही उपयोग गरेर उपभोक्तालाई वितरण गर्दै आइरहेका छौं । महाभूकम्प देखी नाकाबन्दी सम्म जुन कोटा हामीले पाएका थियौं त्यसको उचित व्यवस्थापन गरेर सकेसम्म उपभोत्तmाको घरदैलो सम्म पुग्ने हिसावले हाम्रा डिलरमार्फत वितरणको प्रयासलाइ निरन्तरता दिदै आएका छौं । त्यस्तै यसवीचमा एकातर्फ उपभोक्तामा साल्ट्रेडिङग बाट वितरण हुने ग्यास केही पर्खेर भए पनी पाईन्छ भन्ने विस्वास सिर्जना भएको छ भने अर्कोतर्फ साल्ट ट्रेडिङगको उपभोक्तमैत्री वितरण प्रणालीका कारण विगतमा हामीले पाउँदै आएको एलपीजी ग्यासको कोटामा थप वृद्धि समेत भएको छ । जसअनुरुप हामीले थप वृद्धि भएको कोटा अनुरुप उपभोक्ता मैत्री वातावरणमा ग्यासको विक्री वितरण तथा व्यवस्थापन गदै आइरहेका छौं ।

कोटा वृद्धिको कुरा गर्दैगर्दा कति वृद्धि भएको हो त ?
यसअघि हामीले निगमबाट ४ सय ६८ बुलेट ग्यास प्राप्त गथ्र्यौ भने अहिले लगभग एक हजार आठ टनमा हाम्रो कोटा पुगेको छ । त्यस अनुरुपनै अवको हाम्रो लक्ष्य भनेको  उपभोक्ताहरु साल्ट ट्रेडिङग सम्म धाउनु नपरोस उपभोक्ता लाई नजिकको डिलरबाट सहज ग्यास उपलव्ध होस भन्ने हाम्रो प्रयास रहेको छ ।

राज्य सयन्त्रले साल्ट ट्रेडिङगलाइ हेर्ने दृष्टिकोणमा परिवर्तन आएको हो ?12966436_10204304029559575_460155034_n

वास्तवमा भन्ने हो भने साल्ट ट्रेडिङगले ग्यास कम्पनी खडा गर्दाको अवस्थालाइ  हेर्ने हो भने प्राकृतिक विपत्तीको समयमा मात्र नभएर उपत्यकामा हरेक वर्ष यो वात्यो कारणमा ग्यासको चरम अभाव हुने गरेको अवस्था अहिले पनि विद्यमान नै रहेको छ । तर यसवीचमा निजी क्षेत्रका ग्यास लगायतका दैनिक उपभोग्यवस्तु र सेवाप्रदायक वितरक कम्पनीले समयको माग र मैत्रीपूर्ण वातावरणमा सेवा प्रभाव गर्न नसकेको अवस्था हामी जो कोहिलाइ पनि थाहा छ । यद्यपी त्यसवेला अर्थात ग्यासको चरम अभावको समयमा पनि हामीले वारम्वार प्राप्त कोटा २ सय ६८ टनबाट मा वृद्धि गर्न वारम्वार आग्रह गर्दै सरोकारवाला निकायमा आग्रह गर्दा खासै सुनवाइ नभएको अवस्था हो । हामीले त्यसवेला पनि भनेका थियौं कि सरकारी स्वामित्वको सस्थाले सेवा प्रभाव गर्दा बजारको मागमा सन्तुलन कायम गर्न सक्छौ भनेर । त्यस्तै त्यसवेलामा साल्ट ट्रेडिङगले ग्यास राख्छ भने यस्तो कम्पनीलाई कुनै पनि कोटा प्रणाली लागु नगर्ने र कर्पोशनको माग र आवश्यकता अनुसार सरकारले ग्यास उपलब्ध गराउने सहमति भए पनि त्यो सहमति केवल सहमतिमै सिमित भएको अवस्था थियो । ततपश्चात हाम्रो कोटा बढेन २ सय ६८ टनबाट बाट बल्ल बल्ल ४ सय ६८ टनमानै सिमित गरियो र ग्यासको कुरा गर्दा हामी गत पाँच छ वर्ष देखि हरेक वर्ष लगभग ५ करोडको हाराहारीमा नोक्सान सहीरहेका छौ ।
एवम् रितले पछिल्लो समय अर्थात भूकम्प र नाकावन्दीको अवस्थामा हामीले पाउँदै आएको कोटामा भएको साल्ट ट्रेडिङ्गले पाएको कोटाले ग्यासको व्यवस्थित वितरण प्रणालीसंगै सरकारी स्वामित्वको ट्रेडिङ्ग प्रति जनताले देखाएको अपार विस्वासका कारण अहिले आएर साल्ट ट्रेडिङ्गले पाउँदै आएको कोटामा आयलनिगम मार्फत कोटा वृद्धि गर्दै १ हजार ८ टन बुलेट पुगेको अवस्था रहेको छ ।

12966147_10204304029439572_1451439351_n12939569_10204304029519574_1250744938_n० प्रयाप्त मात्रामा ग्यास आउँदा पनि हाहाकारकै स्थिती चाही किन त ? वास्तवमा राज्यस्तरमा नेपालमा चाहिने ग्यासको परिमाण कति हो भन्ने विषयमा बेलाबेलामा छलफल हुने गर्छ तर यकिन परिमाण भने प्राप्त भएको छैन । अहिलेको अवस्थामा यहाँ खोलीएको ५५ वटा ग्यास उद्योग मार्फत जति पनि ग्यास आई रहेको अवस्थालाइ दृष्टिगत गर्ने हो भने ग्यासको हाहाकार नहुनु पर्ने हो । तर यसवीचमा प्राप्त परिणाम अनुरुप ग्यास प्राप्त हुँदाको अवस्थामा पनि ग्यासको हाहाकारको अवस्था सिर्जना हुनको प्रमुख कारण भनेको संकटको समयमा लाभ लिन पल्केका केहि समूहले जनतामाझ पैmलाईएको फेरी नाकावन्दी फेरी हुन्छ र ग्यासको अभाव फेरी त्यस्तै हुन्छ भन्ने जस्ता अर्नगष् हल्लाका कारण जनताले आवश्यकता भन्दा बढी ग्यास राख्ने गरेको होकी भन्ने प्रसंगमा सरोकारवाला र वितरक संस्थाको ध्यानाकर्षण हुन थालेको छ । तर हामीले बुझ्नु पर्ने पक्ष भनेको अब नाकावन्दी हुँदैन यो हल्ला मात्रै हो । ग्यास चाहिने जति आउछ र आई रहेको छ भनेर हामीले जनमानससम्म सूसूचित गर्न सक्यौं भने सहज र सरल रुपमा ग्यासको व्यवस्थापन गर्न सकिन्छ भन्ने हाम्रो ठम्याई रहेको छ ।

संकटको समयमा ग्यास वितरक कम्पनी र कालाबजारीवीच मेलोमेसो भएको त होइन ?
सबैले संकटको फाइदा उठाउँदै ग्यासको कालोबजारी ग-यो भन्न पनि सकिदैन । कसै–कसैले गरेको पनि होला त्यसकालागि सम्बन्धीत निकायले उनुगमन पनि गरेको छ र कालो बजारी गर्नेलाई कार्वाही गरेको पनि छ । कालो बजारीको विषयमा भन्नुपर्दा सम्बन्धीत निकायले अझ प्रभावकारी एवम् उचित अनुगमन गरेर त्यसलाई हदैसम्मको कार्वाही गर्नु बाहेक अर्को कुनै सम्भावना छ जस्तो मलाई लाग्दैन ।

साल्ट ट्रेडिङ्गको ग्यास भण्डारण गर्ने क्षमता कत्तीको छ त ?
साल्ट ट्रेडिङ्गको भण्डारण गर्ने क्षमताको विषयमा भन्नुपर्दा हामीले भण्डारण गर्ने क्षमता यती छ भनेर मात्र हुँदैन । त्यसका लागि नेपाल आयल निगमबाट हामीले पाउने कोटा बाहेक भण्डारणका लागि त्यहाबाट अनुमति लिनुपर्छ । नेपाल आयल निगमबाट अनुमति लिएरमात्र हामीले भण्डारण गर्न पाउने प्रावधान रहेको छ । हामीले हाम्रो क्षमता धेरै छ भनेर पनि हामीले त्यस अनुसार कोटा पाईदैन । तर, हाम्रो बढेको कोटाको रेसियोमा सिलिण्डर बनाउने स्वीकृति लिनु पर्ने हुन्छ । सिलिण्डरको बनाउँन आवश्यक नियमावलि अनुसार हामीले निवेदन पनि दर्ता गरिसकेका छौ । अहिले पाएको थप कोटाको अनुपातमा अ स्वीकृति पायौं त्यसै अनुसार कोटा बढाउनुको अलावा भण्डार क्षमता पनि बढाउँन सकिन्छ ।

 अहिलेको भण्डारण क्षमता बताउँनुस ?
अहिलेको अवस्थामा भन्नेहो भने नेपाल साल्ट ट्रेडिङ्ग लगभग २हजार टन जतिको भण्डारण गर्न सक्ने अवस्थामा छ । तर, त्यसकालागि सरकारले स्वीकृती दिनुपर्ने हुन्छ ।

  पछिल्लो समय साल्ट ट्रेडिङ्ग आम सञ्चारकर्मीको समेत सहयोगी र आस्थाको केन्द्र भएको छ । सञ्चारकमीलाइ कसरी वितरण गर्दै आउँनु भएको छ त ?
साल्ट ट्रेडिङ्गले भूकम्पको अवस्थापछि होस वा नाकाबन्दीको समयमा होस साधारण उपभोक्ता देखि सञ्चारकर्मी समेत जो कर्पोरेशनको परिसरमा आएर ग्यासका लागि लाईनमा बस्दाको क्षणमा समेत । हामीले तपाईहरुको दैनिकी काम छोडेर यसरी यहा लाईनमा नबस्नुहोस आउने ग्यासको हामी सूचना टाँस गर्छौ । कुन दिनमा कति बुलेट ग्यास आयो र कुन–कुन डिलरमा कतिको संख्यामा ग्यास जान्छ भन्ने सूचना डिलरको नाम टेलिफोन नंम्बर सहित जडिबुटी कार्यालयमा टाँस गर्ने र सोहि अनुरुप टोकन वितरण गर्ने अनि टोकनको क्रमाक अनुरुप टेलिफोन गर्दै विना लाईन आजको दिन सम्म पनि टोकन प्रणालीबाट पाएक पर्ने साल्ट ट्रेडिङ्गको डिलर मार्फत अपभोक्तालाई उनकै एरियामा रहेका डिलर त्यस्तै गरि कार्यालयबाट समेत पनि ग्यास वितरण गर्दै आइरहेका छौं ।

साल्ट ट्रेडिङ्गको डिलर कहाँ कहाँ र कत्ती छन ?
साल्ट ट्रेडिङ्गका अहिले लगभग २ सय ३२ वटा डिलरहरु छन् । नेपाल साल्ट ट्रेडिङ्गको वितरण प्रणालीलाइ आत्मासात गर्दै अहिले थप डिलरसिपका लागि धेरै निवेदन आएको अवस्था पनि छ । हामीले पाएको कोटा अनुसार हामीलाई कतिवटा डिलर को आवश्यकता छ र कुन–कुन एरियामा आवश्यकता हुनसक्छ भनेर निरिक्षण गरेर मात्रै त्यस विषयमा निर्णय गर्ने योजना तय गरेको छौ ।   त्यस्तै अपाङ्ग, वृद्ध, अस्पताल, राज्यको सुरक्षाअङ्ग सञ्चारकर्मी जो लाईनमा बस्न नसक्ने र जुन निकाय यहा लाईनमा बस्नुभन्दा पनि सेवा सम्पादनमा लागेका छन । त्यस्ता संघसंस्था वा व्यक्तिलाई उहाको आवश्यकता अनुसार निश्चित संख्या पहिचान गर्दै अतिआवश्यक निकायहरुलाई दिनुपछ भनेर उहाहरुलाई अलग्गै लाईनमा वितरण गर्दै आएका छौ ।

  बेलाबखत हुँने गरेको एलपीजी ग्यासको हुँने गरेको चरम अभावलाइ सदाको लागि अन्त्य गर्न के गर्नु पर्ला ?
अन्य सिजन भन्दा जाडोमा ग्यासको आवश्यकता बढी हुन्छ भनेर हामीले बारम्बार सम्बन्धीत निकायमा जानकारी गराउने गरेका छौ । हाम्रो कोटाले भ्याउदैन हामी कोटा भनेको लगभग ३ प्रतिशत छ ३ प्रतिशतले सय प्रतिशतलाई धान्न सकिदैन । त्यो हामीले चाहेर पनि गर्न सक्तैनौ । सरकारले एकलाख सिलिण्डर खरिद वा बनाएर राख्यो भने यस्तो सिजनमा धान्न सकिन्छ । बारम्बार सरकारसंग भनेका हौ र यस विषयमा छलफलमा कुरा पनि भइरहेको छ ।