शनिबार, बैशाख १५, २०८१

उच्चस्तरीय समितिमार्फत सीमाङ्कन टुङ्ग्याउँने प्रमुख दल र मोर्चावीच सहमति

काठमाडौ फागुन १, प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने सैद्धान्तिक सहमति भएको छ । त्यस्तै प्रस्तुत सहमति अनुरुप प्रधानमन्त्री केपी शर्मा ओली आगामी फागुन ७ pm-office-गते भारत भ्रमणपूर्वनै प्रस्तावित उच्चस्तरीय राजनीतिक समिति गठन गर्दै सीमाङ्कनको विवादलाइ सम्बोधन गर्ने गरि छलफल सुरु गर्ने भएका छन ।
बैठकपछि मोर्चाका तर्फबाट सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाएर सीमांकन टुंग्याउने सैद्धान्तिक सहमति भएको जनाउ दिदै उहाँले आइतबारसम्म समितिको कार्यविधि, क्षेत्राधिकारलगायतका विषयमा टुङ्गो लगाउने तयारी भएको बताउँनु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमालेबाट झलनाथ खनाल, भीम रावल, कांग्रेसबाट रामचन्द्र पौडेल, शेर बहादुर देउवा, मोर्चाका तर्फबाट हृदेश त्रिपाठी, लक्ष्मणलाल कर्ण, रामनरेश राय यादव लगायतको सहभागिता रहेको थियो ।