शुक्रबार, चैत्र १६, २०८०

प्रम ओली फागुन ७ गते ५ दिने भारत भ्रमणमा जाने

काठमाडौ माघ २९, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी फागुन ७ गतेदेखि १२ गतेसम्म ५ दिने भारतको भ्रमण जानहुँने भएको छ ।
kp_oli_pmभ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आपसी हितका विषयमा औपचारिक वार्ता गर्नुको अलावा भारतका राष्ट्रपति तथा उपराष्ट्रपतिसँग पनि भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा  प्रम ओलीले भारत सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको जनाउFदै नयाँदिल्लीमा भारतीय व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्नुको अलावा विश्वमामिला परिषदको कार्यक्रमलाइ सम्बोधन समेत गर्ने भएको छ ।