शनिबार, बैशाख १५, २०८१

सूचना टाँस गरी पूर्वनिर्धारित संसद बैठक स्थगित

काठमाडौ पौष २८, व्यवस्थापिका–संसद्को भोली अर्थात बुधबार १३ः०० बजेका लागि पूर्वनिर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको CA_20141009085850संसद् सचिवालयले जनाएको छ ।
सभामुख ओनसरी घर्ती मुलुकबाहिर रहनुभएको र सदनमा पेस भएको संविधान संशोधनसम्बन्धी विधेयकमा प्रमुख राजनीतिक दल र आन्दोलनरत दलबीच सहमतिको प्रयास भइरहेका कारण देखाउँदै बैठक स्थगन गरिएको टाँस गरिएको सूचनामा उल्लेख भएको सचिवालयले जनाएको छ । त्यस्तै सचिवालयका अनुसार संसदको अर्को बैठक आगामी माघ ५ गते दिउँसो १३ः०० बजे बस्ने बताईएको छ ।