शुक्रबार, चैत्र १६, २०८०

अदुअ लगायतका निकायलाइ अधिकार क्षेत्रभित्र रहेर अनुसन्धान गर्न सर्वोच्चको आदेश

काठमाडौ  पौष  २७ , राजस्व अनुसन्धान विभागले २०७० साल भाद्र २१ गते   अधिवक्ताद्दय शम्भु थापा र  उद्धव केसीको ल फर्ममा

nepal_supreme_court_1हानेको  छापा प्रकरण विरुद्ध दर्ता भएको रित निवेदनको सुनवाइ गर्दै  सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र वरिष्ठत न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई   कानुनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही विधिसम्मतरुपमा अनुसन्धान गर्न आदेश दिएको छ ।

सर्वोच्चद्दारा आज जारी आदेशमा  आइन्दा कानुनले प्रदान गरेको अधिकार क्षेत्रको सीमाभित्र रही विधिसम्मत अनुसन्धान तहकिकातबाट युक्तियुक्त देखिएको अवस्थामा बाहेक निर्देशितरुपमा खानतलासी लिने जस्तो अरु कसैको अधिकार क्षेत्र तथा मौलिक एवम् कानुनी हकमा हस्तक्षेप हुने कार्य नगर्नु नगराउनु भनी विपक्षीको नाउँमा परमादेश जारी हुने ठहर्ने भन्दै  व्यावसायिक मर्यादा, गोपनीयतालगायतको उल्लङ्घन हुने गरी कानुन व्यवसायीमाथि कारबाही गरेको उल्लेख गर्दै ती सबै कार्य बदर गरेको उल्लेख गरिएको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।