मङ्लबार, बैशाख ११, २०८१

नेपाल–भारतवीचको सम्बन्धलाइ थप मजवुत बनाउँन विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने 

मन्त्रिपरिषद् बैठक : 
काठमाडौ पौष २९, प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रीपरिषदको बैठकले नेपाल–भारतवीचको सम्बन्धलाइ थप मजवुत बनाउँन विशिष्ट व्यक्ति सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ । यसरी गठन समितिमा पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर pm-office-थापा, सूर्यनाथ उपाध्याय, संयुक्त राष्ट्रसङ्घका पूर्व उपमहासचिव कुलचन्द्र गौतम र सांसद डा राजन भट्टराईलाई नेपालको नाम प्रस्ताव भएको र प्रस्तावित नामको सवालमा मन्त्रिपरिषद्को अर्को बैठकमा निर्णय गर्ने सहमति भएको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्री परिषदको बैठक पछि जानकारी दिनु भएको छ ।

त्यस्तै मन्त्रीपरिषदको अन्य निर्णय सार्वजनिक गर्दै सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले विसं. २०५१ साउनमा काठमाडौँमा सम्पन्न नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकले दुई देशबीच रहीआएको सम्बन्धलाई थप विस्तार गर्न यस्तो समति गठनको निर्णय भएको जानकारी दिनु भएको छ ।  साथै बैठकले गोरखाको लाप्राक गाविस–६ र ७ का भूकम्पपीडितलाई सोही गाविसको गुप्सीपाखामा रहेको भूमेमुन्टली सार्वजनिक वन क्षेत्र र सोही वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनको करिब १८.३२ हेक्टर क्षेत्रफलमा योजनाबद्ध वस्ती विकास गरी स्थानान्तरण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग आवश्यक प्रक्रिय�� अगाडि बढाउन सहरी विकास मन्त्रालयलाई स्वीकृत दिने निर्णय गरेको पनि उहाँले जानकारी दिदै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको १४० बिघा जग्गा र सो जग्गामा रहेका घरटहरा कानुनबमोजिम अधिग्रहण गरी प्राप्त गर्नका लागि स्वीकृति दिने निर्णय गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै गरि बैठकले सहरी विकास मन्त्रालयको त्रिपाल खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि परिपत्र गरेका मन्त्रालयका तत्कालीन सचिव अर्जुनबहादुर कार्कीलाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै निजामती कर्मचारी युनियनहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि आगामी चैत २८ गतेको मिति तोकेको छ भने आयुर्वेद विभागमा कार्यरत महानिर्देशक डा देवकला भण्डारीले दिएको राजीनामा स्वीकृत गरेको छ ।  त्यसैगरि बैठकले नेपाली सेनाको रिक्त प्राविधिक सहायकरथीमा डा भरतप्रसाद सिंहलाई बढुवा र डा प्रेम दङ्गाललाई युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा नियुक्त गरेको गर्नुको अलावा नेपाली सेनाको रिक्त उपरथी दर्जामा सहायकरथी शमशेर ठकुराठीलाई पदोन्नति गरी सैनिक समाचार निर्देशनालयको महानिर्देशकमा पदस्थापन गरेको छ ।
त्यस्तै गरि  सरकारले आजै २७ सैनिक अधिकृत र १४ जना सहसचिवको सरुवासमेत गरेको छ । बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्र्गतको बजेटको चौमासिक कार्यक्रम पेस गर्न आगामी माघ मसान्तसम्मका लागि समय थप गर्ने निर्णय गरेको छ ।