शनिबार, बैशाख १५, २०८१

संसद् बैठक: दुइ विधेयक पारित,कृतिमअभाव र कालाबजारी रोक्न सासंदहरुद्दारा सरकारको ध्यानाकर्षण

काठमाडौं पौष २१, व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सवालमा नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक र मेलमिलापसम्बन्धी CA_20141009085850(पहिलो संशोधन) विधेयक, २०७१’ पारित गरेको छ ।
त्यसअघि मन्त्री खरेलले उक्त विधेयकमाथि सदनमा दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभए पनि विधेयकमा कुनै पनि सांसदले संशोधन दर्ता नगराएका कारण दफाबार छलफल विनानै पारित गरिएको हो । त्यस्तैगरि आजको बैठकमा थप तीन फरक विधेयक प्रस्तुत गरिएको छ । आज प्रस्तुत गरिएको विद्येयकहरु क्रमस कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) २०७१’ ‘लेखा परीक्षण ९पहिलो संशोधन० २०७१’ र‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२’रहेका छन । प्रस्तुत विधेयकलाइ ससद बैठकबाट बहुमतले स्वीकृत गरेको छ ।

यसैवीच संसद्को आजको विशेष समयमा नेपाली काँग्रेसका रामहरि खतिवडाले पूर्वअर्थमन्त्री रामशरण महत भूकम्पपछिको मुलुकको पुनर्निर्माणकालागि विश्व समुदायबाट ठूलो धनराशि भित्र्याउन गर्नु भएको योगदानको कदरस्वरुप ‘फाइनान्स मिनिस्टर अफ द इयर’ घोषित हुनुभएकामा सदनले धन्यवाद प्रस्ताव पारित गर्नुपर्ने अभिमत प्रस्तुत गर्नुभएको छ । स्तैगरि अर्का सासंद कमल पङ्गेनीले नाकाबन्दीको नाममा कालोबजारी र कृत्रिम अभावले जनता आहत भएको जिकिर प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तैगरि एमालेका रवीन्द्र अधिकारी,एमाओवादीका छमबहादुर गुरुङ,नेमकिपाकाका अनुराधा थापा मगर, नेकपा संयुक्तका जयदेव जोशी लगायतका सासदहरुले चीनसँगका महत्वपूर्ण नाका शीघ्र सञ्चालन एवम नाकाबन्दीको अन्त्य र भूकम्पपिडितको पुर्नस्थापनाको सवालमा बोल्नु भएको थियो ।