शनिबार, बैशाख ८, २०८१

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै,शोधन प्रस्तावका दर्ताका लागि ७२ घन्टाको समय

 काठमाडौं पौष २१, व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । सरकारले संसदमा पेश गरेको नेपालको संविधान पहिलो संशोधन CA_20141009085850विधेयक २०७२ व्यवस्थापिका संसदबाट सोमवार पारित भएपछि आज अरु विधेयक पेश गरिने संसदसचिवालयले जनाएको छ ।
समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा परेको संशोधन विधेयकमाथि संसदमा भएको सैद्धान्तिक छलफल सकिएपछि संसोधनको समय सुरु भइसकेको छ । व्यवस्थापिका–संसदले संविधान संशोधन विधेयकमा संशोधन प्रस्तावका दर्ता गर्नका लागि ७२ घन्टाको समय दिएको छ । संसदको अर्को बैठक आज दिउँसो १ बजे बस्नेछ ।