शुक्रबार, बैशाख २८, २०८१

मुलुकमा ओली सरकारकै कारण राष्ट्रिय संकट उत्पन्न भएको आरोप

काठमाडौं पौष ११ , राप्रपा नेपाल समानान्तरका भातृ संगठन, राष्ट्रि��� प्रजातान्त्रिक युवक संगठन नेपालद्वारा राजधानीमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उक्त पार्टीका नेताहरुले राष्ट्रवादको नारामा वर्तमान सरकारले जनतालाई गुमराहमा राख्ने काम मात्र गरेको आरोप press[1]लगाउँदै मुलुकमा ओली सरकारकै कारण राष्ट्रिय संकट उत्पन्न भएको बताएका छन ।

त्यस्तै कार्यक्रमका वक्ताहरुले ओली सरकारका प्रतिनिधिहरु विद्यमान संकट निदान गर्ने भन्दै देश विदेश भ्रमण गर्दैछन् तर सरकारको भनाई र गराईमा एक रुपता छैन । सरकार गम्भीर भएको भए जनताले धेरै अघि नै राहत पाइसक्ने थिए, यो ओली सरकारको पूर्ण असफलता भएको जिकिर गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा राप्रपा नेपाल समानान्तरका प्रवक्ता सगुन सुन्दर लावतीले, सरकारको युवाका सन्दर्भमा कुनै नीति नै नभएको बताउँदै रोजीरोटीको सवालमा नेपाली युवा खाडी मुलुक, मलेसिया र पश्चिमा मुलुकमा श्रम गर्न त्यसकारण बाध्य छन् । एकातिर चीन जस्तो मित्रराष्ट्रले विकासको फड्को मारिरहेको बेला, सरकार भने संकट र अभावको अतिरञ्जित हौवा पिटाएर आफ्नो दुनो सोझ्याउन लागीपरेको भन्दै संकटग्रस्त नेपालमा कालो बजारीको बिगबिगी सरकारको द्वेध चरित्रको प्रमाण र उपज हो, बताउँनु भएको छ ।

कर्यक्रममा राप्रपा नेपाल समानान्तरका उपाध्यक्ष शोभ बहादुर बस्नेत महामन्त्री श्याम तिमल्सिना , सहायक महामन्त्रीहरु किशोर गुरुङ, आरजु थापा श्रेष्ठ तथा उरमिला रावल, वरीष्ठ केन्द्रीय सदस्यद्वय जगदीश खड्का तथा पुष्प कपाली, युवा नेताहरु प्रेमराज लावती, केदार फुयाँल तथा सन्तोष राई लगायतले बोल्नु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930