शुक्रबार, चैत्र १६, २०८०

प्रहरीसंगको झडपमा मोर्चाका नेता राजेन्द्र महतो घाइते

काठमाडौं पौष ११, विराटनगरको रानी भन्सार नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता र र प्रहरीवीच आज अपरान्ह भएको rajendraझडपका क्रममा मोर्चाका नेता राजेन्द्र महतो सख्त घाइते भएको समाचार प्राप्त भएको छ । नेता महताको झडपका क्रममा टाउको फुटेको समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै भन्सार नाकामार्ग कब्जा गर्दै धर्नामा बसेका मोर्चाका कार्यकर्तालाइ प्रहरीले धर्नामा नबस्न आग्रह गर्दै सम्झाउँदा पनि उल्टो मोर्चाका कार्यकर्ताद्वारा प्रहरीमाथि ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई साम्य पार्न प्रहरीले दुई राउन्ड अश्रुसेल समेत प्रहार गरेको र त्यसलगत्तै मोर्चाका कार्यकर्ताहरुले सीमापारिबाट ढुङ्गामुढा गरेको र भारतको सीमा सुरक्षा बलले पनि मोर्चाका कार्यकर्तालाई धपाउनका लागि बल प्रयोग गरेका थिए ।