शनिबार, बैशाख ८, २०८१

केही दिन राजधानीको न्यूनतम् तापक्रम १ देखि ४ डिग्री सेल्सियसको हाराहारीमा रहने

काठमाडौ पौष १०.विगत केही दिनदेखि अत्यधिक चिसो रहँदै आएको काठमाडौँ उपत्यकाको तापक्रममा आजबाट केही सुधार देखिएको छ ।बिहीबार न्यूनतम् तापक्रम शून्य डिग्री सेल्सियस पुगेकोमा आज उपत्यकाको न्यूनतम् तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तापक्रममा केही सुधार आएसँगै काठमाडौँ उपत्यकामा आज केही न्यानो महसुस गरिएको छ भने उपत्यकासहित देशभरको मौसम पनि सफा रहेको बताईएके छ । यद्यपी अझै केही दिन राजधानीको न्यूनतम् तापक्रम एकदेखि चार डिग्री सेल्सियसको हाराहारीमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाउँदै आज काठमाडौँ उपत्यकाको अधिकतम् तापक्रम १६ देखि १७ डिग्री सेल्सियससम्म पुग्ने पनि महाशाखाले पूर्वानुमान गरेको छ ।