सोमवार, बैशाख १७, २०८१

राष्ट्रपतिद्वारा पुनःनिर्���ाणसम्बन्धी विधेयक, २०७२ प्रमाणीकरण

काठमाडौ पौष ६, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२’ को आइतवार Capture12प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम सो विधेयक प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

व्यवस्थापिका–संसद्को बैठकले गत पौष गते १ गते भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको थियो । दलहरूबीचको लामो विवादपश्चात् भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ पारित गरिएको थियो ।

विद्येयक प्रमाणिकरण संगै भूकम्पपीडितले अब राहत पाउने मार्गप्रशस्त भएको छ । सरकारले ऋण लिने कि राहत लिने रोज्न पीडितलाई नै दिने बताउँदै आएको छ । राहत लिने रु तीन किस्तामा रु दुई लाख प्राप्त गर्नेछन् भने ऋण लिनेले सहरी क्षेत्रमा रु २५ लाख र ग्रामीण क्षेत्रमा रु १५ लाख सम्म प्राप्त गर्न सक्नेभएको छ ।