शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद्को आकस्मिक बैठक: मधेसवादीदलका मागलाई वार्ता र सहमतिमा सम्बोधन गर्ने निर्णय

राष्ट्रपति भण्डारीमाथि जनकपुरको जानकी मन्दिरमा हालै गरेको दुव्र्यवहार र लगाएका लाञ्छनाप्रति सरकारद्दारा  निन्दा र भत्र्सना

काठमाडौ पौष ६, आइतवार साँझ बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मधेसमा आन्दोलित मधेसवादीदलको तर्फबाट प्रस्तुत मागलाइ सरकारले वार्ताका माध्यमबाट राजनीतिक सहमति कायम गरी सम्बोधन र समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलनरत timthumbतत्काल आन्दोलन फिर्ता लिन सम्बद्ध पक्षसँग आह्वान गरेको छ । मधेस केन्द्रित दलले राखेका मागलाई वार्ताका माध्यमबाट राजनीतिक सहमति कायम गरी सम्बोधन र समाधान गर्ने प्रतिबद्धता सरकारले दोहोर्‍याएको हो ।

त्यस्तै बैठकले राज्यका निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने तथा संविधान प्रारम्भ हुँदा कायम रहेका प्रत्येक जिल्लामा कम्तिमा एक निर्वाचित क्षेत्र कायम रहने गरी जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रयोजनका लागि संविधानमा संशोधनका निमित्त संसद्मा भएको विधेयक पारित गर्न प्रक्रिया अगाडि बढाइने निर्णय सहित प्रदेश सीमाङ्कनका सम्बन्धमा आन्दोलनरत दलहरुले उठाएका मागलाई समेत दृष्टिगत गर्दै राजनीतिक सहमतिअनुरुप संविधानमा उपयुक्त व्यवस्था गर्ने निर्णय गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

राजनीतिक सहमतिका लागि एक राजनीतिक संयन्त्र गठन गरिने र उक्त संयन्त्रले तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन दिने गरी व्यवस्था गरिने उहाँले बताउनुभयो । सरकारले नागरिकतालगायत अन्य मागलाई समेत वार्ता र सहमतिका आधारमा समाधान खोज्न सकिने निर्णय गरेको छ । साथै बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि केही अराजक र उच्छृङ्खल व्यक्तिहरुले जनकपुरको जानकी मन्दिरमा हालै गरेको दुव्र्यवहार र लगाएका लाञ्छनाप्रति सरकारले निन्दा र भत्र्सना गर्दैै यस्ता असभ्य व्यवहार भविश्यमा नदोहोरिनेतर्फ गम्भीर ध्यानाकर्षण राष्ट्रको शीर झुकाउने अभद्र र असभ्य व्यवहार भविष्यमा नदोहोरिनेमा गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कानूनबमोजिम कारवाही हुने मन्त्रिपरिषद बैठकले स्पष्ट पारेको छ । राष्ट्रपतिप्रतिको दुव्र्यवहार ऐतिहासिक धार्मिक स्थल जानकी मन्दिर र जनताको धार्मिक आस्थामाथिको प्रहारसमेत भएको सरकारको ठहर छ ।