मङ्लबार, बैशाख ४, २०८१

९ महिनापछि भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयक पारित

मधेसवादी दलद्वारा बैठक बहिष्कार

काठमाडौ पौष १, व्यवस्थापिका–संसद्को बैठकबाट लामो रस्सा कस्सीकी अर्थात भूकम्प गएको ९ महिनापछि आज महाभूकम्पबाट संरचनाको पुनःनिर्माण गर्ने prime-Minister-election-in-nepal-300x201सम्बन्धमा बनेको विधेयक, २०७२ आज पारित भएको छ । आजको बैठकमा दलीय सहमति अनुरुप कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अग्निप्रसाद खरेलले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ प्रस्तुत गर्नुभएको थियो ।

विधेक पारित हुँनु पूर्व नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी ले भूकम्पबाट प्रभावित भएका जनताले हालसम्म केही पनि राहत नपाएको बताउँदै सरकारले दिएको रु १५ हजार राहत रकम पनि आधाभन्दा कम भूकम्पपीडितले मात्रै पाएको उल्लेख गर्दै पीडितलाई राहत दिन कुनै विधेयक र कानुनसमेत नचाहिने तर दलले राजनीति गरेको आरोप लगाउनु भएको थियो ।

यसैवीच मधेसवादी दलका सांसदहरूले आज व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेका छन् ।यसरी संसद् बैठक बहिष्कार गर्नेमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलसम्बद्ध सांसद रहेका छन् ।  संसद्को कारबाही सुरुभएलगत्तै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा बनेको विधेयक, २०७२ मानवीय कानुन भएकाले सो विधेयक पारित गर्न दिन लागेको बताउँदै संसदमा पेश भएको संविधान संशोधन विधयेकले तराई मधेस, थारु र आदिवासी जनजातिको माग सम्बोधन गर्न नसक्ने भन्दै त्उो संशोधन किमार्थ स्वीकार्य नभएको जनाउ दिनु भएको थियो । त्यस्तै उहाँले आफूहरूबाट विरोध हुँदाहुँदै संविधान संशोधनसम्बन्धी विधेयक प्रस्तुत भएकामा उहाँले आपत्ति जनाउँदै सांसद कर्णले विना रुलिङ संसद् चलाएको र सदनमा एक जनाले विरोध जनाउँदा पनि नचल्ने विगतको परम्परालाई ध्यान दिन सभामुखलाइ आग्रह गर्नु भएको थियो ।