शुक्रबार, बैशाख १४, २०८१

मैथिलीभाषालाइ राजकीय भाषाको रुपमा स्वीकार नगरिए सर्घष : सांसद आजाद

नयाँ दिल्ली मार्ग १५/ गोबिन्द पोख्रेल,      अखिल भारतीय  मिथिला   सङघको आयोजनामा नयाँ दिल्लीमा भएको  मिथिला विभूति स्मृति सम्मान समारोहमा  बोल्दै  भारतीय लोकसभा सांसद कृति आजादले  बिहारमा बढि प्रचलित हुने मैथीली भाषालाई बिहार राज्यको राज्य भाषा बनाउनुपर्ने उद्घोष गरेका छन । सम्बोधनको क्रममा सांसद आजादले संबिधानको आठौ अनुसुचीमा मान्यता पाएको एकमात्र भाषालाई राज्य संयन्त्रले बुझेर अगाडी बढ्नुपर्ने वताउँदै भाषा DSCF4475[1]मान्यता अनुसारको राज्यमा राज्य भाषाको लागी पहल चलाउने गरी आगामी सदनको सत्रमा राखिने उनले वताए ।

त्यस्तै मुलुक स्वतन्त्र हुदाको समयमै राज्यहरु निर्माणको प्रक्रिया भाषाको आधारमा भएको जिकिर गर्दै बिहार राज्यको राजकीय भाषाको रुपमा मान्यता नपाए संघर्ष अभियान चलाउने भन्दै आजादले मिथिला राज्य निर्माणको बिषयलाई पर्दामा राखिएकोमा विमति   प्रकट  गर्दै   पृथक मिथिला राज्यको गठन वा मैथिली  भाषाको मान्यतालाइ  कुनैपनि अवस्थामा स्वीकानुपर्ने     जिकिर   गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।  मिथिलान्चल सबै सम्भावनाले परिपूर्ण हुदाहुदैपनी विकासको सन्दर्भमा पिछडीएको छ । यो समयको माग हो, अब यो गल्तिलाई सुधार्न जरुरी छ । पृथक मिथिला राज्यको गठन वा मैथिलि भाषाको मान्यताले सम्मान दिनैपर्छ आजाद भने ।

 त्यस्तै कार्यक्रममा  केन्द्र सरकारले मिथिलाक्षेत्रको विकासमा हर सम्भव सहयोग गर्ने वताउदै केन्द्रिय विज्ञान एवं प्रोधौगिक मन्त्री  हर्षबर्धनले बुद्धिजिबि 12233219_900951636662362_1154249391_n[1]वर्गको दर्जामा दुनियाभरमा मिथिलांचलका मानिस सर्वोत्कृष्ट श्रेणीमा रहेकाछन र सम्पूर्ण देश विकासमा रहेको  योगदानलाइ बिर्सन नसकीने     वताउँनु भएको थियो ।   कार्यक्रममा गंगा झा सम्मानबाट श्री संन्दीप झा, मिथिलांचलको सर्वा्गिंण विकासको लागी बाबू साहेब चौधरी सम्मानबाट श्री अशोक झा र भोगेन्द्र झा स्मृति सम्मानबाट मैथिल पुत्र प्रदिपलाई सम्मानित गरीएको थियो ।