शुक्रबार, चैत्र १६, २०८०

दिल्लीमा विश्व मधुमेह दिवस मनाइयो

दिल्ली, मार्ग १५ / गोबिन्द पोख्रेल
दिल्लीमा रहेका मूख्य अस्पतालहरुले गर्दै आएको विश्व डाईविटिज डे को कार्यक्रम यो बर्ष भने छानिएका केवल तिन अस्पतालले गरेका थिए । दिल्ली एनसिआरमा ख्याति कमाएका धेरै अस्पताल छन यद्यपी यो बर्षको विश्व डाईविटिज डे को कार्यक्रम एम्स, होलिफेमिली र मेदान्ता अस्पतालले गरेका हुन ।  डाईविटिज अर्थात मधुमेह रोगको निवारण, चेक जाँच र खान के के सकिन्छ रु र कसरी खाने भन्ने सम्बन्धमा सहभागी विरामीहरुलाई प्रशिक्षण समेत दिने कार्य भएको थियो ।

तिनवटै अस्पतालका डाक्टरहरुले पालै पालो गरी दिएको प्रशिक्षणमा संन्तुलित आहार र रोगको निदान सम्बन्धमा बृद्ध बृद्धालगायत उपस्थित समुदायलाई विशेष जानकारी गराएका थिए । यसरी डाक्टरहरुले दिएको प्रशिक्षणले आम जनताहरुलाई जान्नै पर्ने कुराको विशेष ज्ञान प्राप्त हुने देखिएको थियो । यस किसिमका प्रशिक्षणहरु सरकारले वेला वेला चलाउनु पर्ने सहभागीहरुले कुरा गर्दै थिए ।

कुनै विशेष दिनलाई मात्र ख्याल राखेर यसरी कार्यक्रम गर्दा आम नागरीकलाई प्रभाव नपर्ने उनीहरुको दावी थियो । शहरहरुमा भन्दा गाउहरुमा यस्ता कार्यक्रम अभियानकै रुपमा लैजानुपर्ने पनी सहभागीहरुले भनेका थिए । कार्यक्रम कन्सिच्यूशनल क्लबको हल नयाँ दिल्लीमा सम्पन्न भएको थियो । सहभागी तिनवटा अस्पतालहरु मध्ये सबैभन्दा उत्कृष्ट भनेर होली फेमिली अस्पतालले प्रथम पुरस्कार हात पार्न सफल भएको थियो । पुरस्कार स्वरुप प्रदान गरीएको स्मृति चिन्ह प्रदान गरेका थिए ।