शनिबार, बैशाख २९, २०८१

मन्त्रिपरिषद बैठक : अख्तियारको सिफारिसमा सशस्त्रका महानिरीक्षक वन्त निलम्बित,

उद्योग, कूटनीतिक निकाय, जलविद्युत् आयोजना, विद्यालय, कलेज, अस्पताल, तारेहोटेलहरु, सञ्चारगृह, ‘क’ वर्गका बैंकलगायतलाई, उद्योग प्रयोजनका लागि पेट्रोलियम पदार्थ पैठारी गर्न अनुमति

काठमाडौं पौष ३, प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सिफारिस भएबमोजिम Kosh-raj-Wantaसशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई तीन महिनाका लागि निलम्बन गर्दै सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दुर्जकुमार राईलाई कायममुकायम महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै गरि बैठकले कर्मचारी सञ्चयकोषको अध्यक्षमा सचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने निर्णय गर्दै नयाँ संविधानले निर्दिष्ट गरेका नयाँ कानुनका निर्माण र भएका कानुन संशोधन गर्नका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयअन्तर्गत रहने गरि समिति समेत गठन गरेको छ ।  त्यस्तै गरि बैठकले उद्योग, कूटनीतिक निकाय, जलविद्युत् आयोजना, विद्यालय, कलेज, अस्पताल, तारेहोटेलहरु, सञ्चारगृह, ‘क’ वर्गका बैंकलगायतलाई, उद्योग प्रयोजनका लागि पेट्रोलियम पदार्थ पैठारी गर्न अनुमति दिने निर्णय गरेको छ ।