शुक्रबार, बैशाख ७, २०८१

वन्तलाइ हतकडी लगाउँन अख्तियार प्रमुखको आदेश:आ.जि.पी.मा दुर्जकुमार राइ

  पुरानो मिति राखी राजिनामा स्विकृत गरिदिन र निलम्बन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाब

 सुनिल शर्मा /काठमाडौं ,पौष ३
भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी बलका प्रमुख कोशराज वन्तलाई अख्तियार दुरुपायोग अनुसन्धान आयोगले निलम्बन गरेपछी वन्त आफ्नो बचावको लागि बिभिन्न शक्ति केन्द्रमा धाउँदा पनि वन्तले यसपटक कुनै वेला पार नहुँने भएके छ। त्यस्तै वन्तले आफुमाथि कारवाही हुँने प्राय निचित भएपछि वन्तले aपुरानो मिति राखी राजिनामा स्विक्रित गरिदिन र निलम्बन नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाब दिदै ओलिले राष्ट्रपती विध्या भण्डारी र अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई वन्तको राजिनामा पुरानो मितिमा राखेर स्वीकृत त गरिदिन अनुरोध गरेको बुझिएको छ । प्रधानमन्त्री ओलीको यस किसिमको रवैयाबाट भने अख्तियार प्रमुख लोकमान सिंह कार्की आक्रोशित बनेका छन। लोकमान सिंह कार्कीले आजै वन्तलाई धेरै चलखेल गरे गरे हत्कडी लगाएर थुनामा राख्ने चेतावनी समेत दिएपछी वन्त झस्किएको बुझिएको छ ।
आईतवार वन्तमाथि करोडौंको भ्रष्टाचार र बिगो बमोजिम धरौटी राख्न अदालतमा अख्तियारले मुद्दा पेश गर्दै छ। अरबौको भ्रष्टाचार गरी अकुत सम्पत्ती आर्जन गरेको अभियोगमा वन्तमाथि थप अनुसन्धान भई रहेको छ। स्मरण रहोस वन्त त्यस्ता प्रहरी महानिरिक्षक् हुन जसको सशस्त्र प्रहरी संगठन भित्र कुनै पनि उच्च अधिकृत सँग राम्रो सम्बन्ध रहन सकेन। त्यती मात्र होइन, अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाएर फ्याक्ने चलखेलमा समेटा वन्त लागे पछी उनीमाथिको भ्रष्टाचार को मुद्दालाई टुङोमा पुर्याइएको हो। भारतीय पक्षले समेटा वन्तमाथि चिनिया एजेन्ट भएको आरोप लगाउदै कार्वाही गर्न अख्तियार प्रमुखलाई दवाब दिएको थियो। झापाको केचनामा भारतीय सुरक्षाबलका जवानहरुलाई पक्राउ गरेको बिषयलाई लिएर भारतीय पक्ष आक्रोशित थियो। सोही बिषयलाई लिएर आफुले राष्ट्रको लागि काम गरेको भन्दै आफु माथि लागेको भ्रष्टाभारको मुद्दा र निलम्बनलाई ओझेलमा पार्न प्रधानमन्त्री के पि ओलीलाई पछील्लो मिति राखेर राजिनामा स्वीकृत गरिदिन वन्तले दवाब दिएपछी वन्तको निलम्बन होइन राजिनामा स्विक्रित गर्ने भित्री तयारी भएको छ। यसप्रयसप्रैति अख्तियार दुरुपायोग आयोगले गम्भिर चासो राख्न आवश्यक छ। यदि भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका अधिकृतलाइ पछाडिको मिति राखेर राजिनामा स्विकृत गर्दै जाने हो भने कुनै पनि भ्रष्टाचारी भ्रष्टाचारको अभियोगमा पक्राउ पर्ने छैन।
त्यही खेल अहिले वन्तले बिभिन्न शक्ति केन्द्र धाएर प्रधानमन्त्री के पि शर्मा ओलीलाई दवाब दिएका छन। स्मरण रहोस अख्तियारले १३० जाना नेता तथा उच्च पदमा रहेका व्यक्तिहरुलाइ कार्वाहीको सैचीमा राखेर कार्वाही प्रकृया थालनी गरेको छ जसमा माओवादी अध्यक्ष प्रचण्ड , कृष्णबहादुर महरा, ए आइ जि राजेन्द्र सिंह भण्डारी, कणक मणी दीक्षित लगायतका व्यक्तीहरु रहेका छन।
bयसैवीच सरकारले सशस्त्र प्रहरीबलको प्रमुखमा दुर्ज कुमार राइको नाम निर्णयार्थ प्रस्तुत गरेपछी एमाओबादी अध्यक्ष प्रचन्डले अर्का ए आइ जि कृष्णकुमार तमाङको नाम प्रस्ताव गरेका छन । यद्यपी राष्ट्रपती विध्या भण्डारी, प्रधानमन्त्री के पि ओली र अख्तियार प्रमुख लोकमान सिंह कार्कीले दुर्जकुमार राइलाई नै ससत्र प्रहरी प्रमुख नियुक्त गर्न सिफारिश गरेका छन। सम्भवतस् अर्को कुनै आश्चर्यजनक घटना भएन भने सोमबार नै दुर्जकुमार राइले आइ जि पि को फुली लगाउने छन। भारतको प्रसिद्ध दैनिक पत्रिका उग्ता भारतले अख्तियारको कार्वाहीको समाचारलाई प्राथमिकताका साथ् प्रकाशित गरेको छ। यो समाचार तयार पार्दै गर्दाको अवस्थामा निलम्वित सशस्त्रका प्रमुख वन्तले सरकार समक्ष राजीनामा पेश गर्ने तयारीमा रहेको बुझिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930