शुक्रबार, बैशाख ७, २०८१

यस्तो छ गृहमन्त्री बस्नेत र सञ्चारमन्त्री राइको सम्पति विवरण

काठमाडौ पौैष ५, एमाले नेतृत्वको गठबन्धन सरकारका गृहमन्त्री शक्तिबहादुर बस्नेत र सूचना प्रविधि मन्त्री शेरधन राईले आ–आफ्ना सम्पत्ति विवरण शनिवार सार्वजनिक गर्नुभएको छ । यसरी सार्वजनिक गरिएको सम्पति विवरणमा गृहमन्त्री बस्नेतले सरकारलाई पैतृक सम्पत्तिका रुपमा सबै दाजुभाइको सामूहिक रुपमा जाजरकोट–९ खलङ्गामा छ रोपनी जग्गा र ढुङ्गामाटोले बनेको पक्की घर र पैतृक सम्पत्तिका रुपमा पाँच तोला सुन, एकसय केजी चाँदी र shakti-basnetपारिश्रमिकबाट एक तोला सुन रहेको उल्लेख गर्नु भएको छ । साथै उहाँले आफ्नो सम्पति विवरणमा लालीगुराँस बहुउद्देश्यीय सहकारी सङ्स्थामा मन्त्री बस्नेतको नाममा रु २० हजार तथा श्रीमती सत्या पहाडीको नाममा रु २० हजार नगद र रु ४० हजार तथा श्रीमती सत्या पहाडीको नाममा सोही सङ्स्थामा रु ४० हजारको सेयर रहेको उल्लेख  गरिएको छ । त्यसैगरि एभरेष्ट बैंकमा सङ्गम बस्नेतको नाममा तीन लाख, सत्या पहाडीको नाममा रु एक लाख रहेको छ बताइएको छ भने मन्त्री बस्नेतको नाममा हाम्रो नयाँ कृषि सहकारी सङ्स्थामा रु दुई लाखको सेयर रहेको छ । नगद रु पाँच लाख मौज्दात रहेको विवरणमा उल्लेख छ ।
जग्गाबाहेक मन्त्री बस्नेतसँग सँग एमाओवादीको नाममा रहेको बा९च ७४३१ नंको स्कारपियो गाडी रहेको नगद रु पाँच लाख, बैंकमा रहेको रु चार लाख ४० हजार र सेयरका रुपमा रहेको रु दुई लाख ८० हजार आफू र श्रीमती सत्या पहाडी मन्त्री, सांसद हुँदा पारिश्रमिकका रुपमा प्राप्त भएको विवरणमा उल्लेख छ ।

त्यस्तै सूचना तथा सञ्चार प्रविधि मन्त्री राईले सरकारलाई बुझाउनुभएको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिका रुपमा भोजपुर थिर्दिखामा ९ दशमलव ८ वर्गमिटर क्षेत्रफमा रहेको जग्गा र त्यसमा ढुङ्गामाटोको घर, सोही स्थानमा ७० रोपनी जग्गा रहेको छ । मन्त्री राईको पैतृक सम्पत्तिकै रुपमा आठ तोला सुन र २० तोला चाँदी रहेको छ । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको शाखा विराटनगरमा रु दुई लाख र एभरेष्ट बैंक लिमिटेडमा रु सात हजार ४१६ रहेको विवरणमा उल्लेख छ । उहाँको नाममा युनिक एण्ड युनाइटेड एकेडेमी भोजपुरमा रु एक लाख सात हजार र कृषि विकास बैंक भोजपुरमा तीन हजार बराबरको सेयर रहेको छ । ८ लाख रुपैयाँ ऋण दिएको र रु सात लाख ऋण लिएको पनि उहाँले विवरणमा खुलाउनुभएको छ । त्यस्तै उहाँसँग एक÷एक थान टेलिभिजन, ल्यापटप र आइप्याड रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930