शुक्रबार, बैशाख १४, २०८१

प्रधानमन्त्री ओलीद्वारा ज्यापू दिवसको शुभकामना

काठमाडौ पौष १०, प्रधानमन्त्री केपी शर्मा ओलीले ज्यापू संस्कृतिको महत्वपूर्ण मौलिक चलनअनुसार मनाइने राष्ट्रिय ज्यापू दिवसका images (13)अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली संस्कृतिको प्रतिनिधिका रुपमा नेवारी संस्कृतिलाई पनि मान्ने गरिएको र नेवारी संस्कृति मूलरुपमा ज्यापू संस्कृति रहेको भन्दै प्रधानमन्त्रीले आज जारी गर्नु भएको शुभकामना सन्देशमा सम्पूूर्ण नेवार समुदायमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।

त्यस्तै उहाँले आफ्नो शुभकामना सन्देशमा संस्कृति, चाडबाड र परम्पराको हामीले नै संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै राष्ट्रिय ज्यापू दिवस र यस अवसरमा हुने विविध गतिविधिबाट संस्कृतिको संरक्षण र विकास हुने विश्वास व्यक्त गर्नु भएको छ ।