शनिबार, बैशाख १५, २०८१

मन्त्रिपरिषद् बैठक : पुनःनिर्माण प्राधिकरणको प्रमुखमा ज्ञवाली नियुक्त,योजना आयोगलाइ पूर्णता र सचिवहरुको सरुवा

चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) शुल्क मिनाहा

काठमाडौ पौष १०, मन्त्रिपरिषद्को आज साँझ बसेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त गरिएको छ । नवनियुक्त कार्यकारी अधिकृत ज्ञवाली यसअघि नगर विकास कोषको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । यसअघि गत अषाढ ६ गते अध्यादेश जारी गरी प्राधिकरणमा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा गोविन्द पोखरेललाई सो जिम्मेवारी दिएकामा अध्यादेशको अवधि सकिएपछि प्राधिकरण गत भाद्र ११ गते नै निष्क्रिय भएको थियो ।

त्यस्तै आजको बैठकल राष्ट्रिय योजना आयोगलाई आज पूर्णता दिदै आयोगको सदस्यमा डा सुमित्रा अमात्य, डा रामानन्द देव, डा mantriparisad19चन्द्रकान्त पौडेल, डा सुनीलबाबु श्रेष्ठ, डा गीतानन्द जोशी, डा कृपासुन्दर प्रसाद, विजयबहादुर कुँवरलाई नियुक्त गरेको सरमनरमन प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले जानकारी दिनुभएको छ । त्यस्तै गरि बैठकले केही सचिवको सरुवा र केही सहसचिवलाई कामु तोकी पदस्थापन समेत गरेको मन्त्री राइले जानकारी दिनु
भएको छ ।
यसरी सरुवा गरिएका र कामु जिम्मेवारी दिएका हरुमा दीपेन्द्रनाथ शर्मालाई सहरी विकास, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायात, गजेन्द्रकुमार ठाकुरलाई विज्ञान तथा प्रविधि, विजयकुमार मल्लिकलाई जनसङ्ख्या तथा वातावरण, सुरेशप्रकाश आचार्यलाई खानेपानी तथा सरसफाइ, सुनिलबहादुर मल्ललाई राष्ट्रिय सतर्कता केन्द्र, रमेशकुमार शर्मालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, कृष्णचन्द्र पौडेललाई कृषि विकास, केदारबहादुर अधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महेश दाहाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राजेन्द्र नेपाललाई महालेखा नियन्त्रण कार्यालय, ङइन्द्रप्रसाद उपाध्यायलाई वाणिज्य, विष्णुप्रसाद नेपाललाई आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने  सहसचिवहरु क्रमस चन्द्रकुमार घिमिरे– क्षेत्रीय प्रशासन कार्यालय, सुदूरपश्चिमाञ्चल, शशीशेखर श्रेष्ठ, क्षेत्रीय प्रशासन कार्यालय मध्यपश्चिम, शंंकरप्रसाद कोइराला, क्षेत्रीय प्रशासन कार्यालय, पश्चिमाञ्चल, महेन्द्रमान गुरुङ, क्षेत्रीय प्रशासन कार्यालय पूर्वाञ्चल, लक्ष्मीप्रसाद ढकाल, क्षेत्रीय प्रशासन कार्यालय मध्यमाञ्चल र मधुसुदन अधिकारीलाई राष्ट्रिय पुनः निर्माण प्राधिकरणको कामु सचिवको जिम्मेवारी दिइएको छ । साथैदबैठकले नेपाल आउने चिनियाँ नागरिकलाई प्रवेशाज्ञा (भिसा) शुल्क मिनाहा गरेको छ ।