शुक्रबार, चैत्र १६, २०८०

समृद्ध राष्ट्रनिर्माणमा अगाडि बढ्न प्रेरणा मिलोस्:राष्ट्रपति भण्डारी

क्रिसमस र उधौली पर्वका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना अभिव्यक्त :

काठमाडौ पौष १०, राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान पर्व क्रिसमस पर्वको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य आपसी सद्भाव एवम् e0a45b16b6ff05b4818a60706b896451-210x300उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।

क्रिसमस पर्वको अवसरमा उहाँले आज दिनु भएको सन्देशमा धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न योगदान पु¥याउने उल्लेख गर्नुभएको छ ।

त्यस्तै गरि राष्ट्रपति भण्डारीले किराँत जातिले आजै मनाइने अर्को पर्व उधौलीको उपलक्ष्यमा पनि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत जाति नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य आपसी सद्भाव एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले किराँत जातिको यस महान्पर्व मनाउन जसरी एकताबद्ध भएर लाग्छौँ त्यसरी नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयन गरी समृद्ध राष्ट्रनिर्माणमा अगाडि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।