शुक्रबार, बैशाख १४, २०८१

ग्याँस डिपोमा बिस्फोट, एकसय जनाभन्दा बढीको मृत्यु

एजेन्सी पौष १०, नाइजेरियाको एक ग्याँस डिपोमा बिस्फोट हुँदा एकसय जनाभन्दा बढीको मृत्यु भएको छ । नाइजेरियाको दक्षिणी क्षेत्रमा download (1)रहेको अनाम्ब्रा शहरमा भएको बिस्फोटमा ५० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएके छ ।

ग्याँस डिपोमा ट्रकमा राखिएका ग्याँसका सिलिण्डर अनलोड गर्ने क्रममा बिस्फोट भएको बताइएको छ । बिस्फोटमा मारिनेमा ग्याँस डिपोका मजदुर र सर्वसाधारण रहेको जनाउँदै विस्फोटमा परि घाइते भएकाहरुको अवस्था पनि गम्भीर रहेका मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे अनुसन्धान थालिएको छ । बिस्फोटका कारण करोडौंको क्षति भएको बताइएको छ ।