बिहिबार, चैत्र १५, २०८०

भारतद्वारा नेपाल सरकारद्दारा गरिएको निर्णयको स्वागत

काठमाडौं पौष ६ भारतले नेपालको मन्त्रिपरिषद्ले मधेसकेन्द्रित दलको आन्दोलनको माग आइतबार सम्बोधन गरेकामा स्वागत गरेको छ । भारतले नेपालको मन्त्रिपरिषदले गरेको निर्णय नेपालको वर्तमान समस्या समाधानका लागि सकारात्मक पाइला भएको उल्लेख गर्दै आज आज ४ बुँदे विज्ञप्ति जारी गर्दै स्वागत गरेको हो ।

Nepal-india-flagत्यस्तै जारी विज्ञप्तिमा उपप्रधानमन्त्री कमल थापाले मधेसवादी दलको आन्दोलनको माग सम्बोधन गर्न नेपाल सरकारले गरेको महत्वपूर्ण निर्णयका बारेमा आज आफूलाई जानकारी गराएको र एक असल छिमेकी र शुभेच्छुकको नाताले नेपालको आन्तरिक मतभेदका कारण सिर्जित समस्याप्रति भारतको गम्भीर चासा अभिव्यक्त गर्दै नेपालले राज्यका विभिन्न निकायमा समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने निर्णय गरेको भन्दै भारतले राजनीतिक सहमतिका आधारमा संविधानमा प्रदेश सीमाङ्कनका विषयमा पनि उपयुक्त व्यवस्था गरी सम्बोधन गर्न आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा भारतले नेपाल सामान्य अवस्थामा फर्किई दुई मुलकबीचको सहज व्यापारका लागि सुरक्षित र भरपर्दो वातावरण बन्ने विश्वास पनि व्यक्त गरेको छ । Capture