बिहिबार, बैशाख १३, २०८१

भारतीय वायु सेनाको ब्यारेकमा आतङकबादी हमला, ७ को मृत्‍यु

 शुनिल शर्मा / काठमाडौं
पौष १८,  भारतको पञ्जाव प्रान्तस्थित पाकिस्तानको सीमा नजिकै भारतीय सेनाको पठानकोट एयरबेसमा हतियारधारी समूहले शनिबार बिहान आक्रमण गरेको छ । भारतीय सुरक्षा अधिकारीहरुका अनुसार सेनाको एयरबेसमा चारजना हतियारधारी पसेर धावा बोलेका थिए ।
a bहतियारधारीले ब्यारेकमै घुसेर धावा बोलेपछि भएको भिडन्तमा चारजना आक्रमणकारी र दुईजना भारतीय सेनाका जवान मारिएका छन् । समाचार एजेन्सी पीटीआईले पञ्जाब पुलिसका अतिरिक्त पुलिस महानिर्देशक एचएस ढिल्लनलाई उधृत गर्दै दिएको समाचार अनुसार व्यारेकमा भएको हमलापछि भएको भिडन्त टुंगिइसकेको छ ।

भिडन्तपछि एयरबेसको आसपास १५ किलोमिटर क्षेत्रलाई घेरेर निगरानी बढाइएको छ । सुरक्षानिकायले अन्य चरमपन्थीको पनि खोजीलाई तीब्र बनाएको छ । यसैबीच भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानसँग राम्रो सम्बन्ध स्थापित गर्न चाहेको जनाउँदै कुनै पनि आतंकवादी हमलाको कडा जवाफ दिइने बताएका छन् । यसबेची जम्मू-पठानकोट सडकमा उच्च सुरक्षासतर्कता बढाइएको छ । पञ्जाब र जम्मू कश्मिरमा रेड अलर्ट जारी गरिएको छ । पञ्जाब बोर्डर क्षेत्रका पुलिस उपमहानिरीक्षक विजय कुवँर प्रताप सिंहले बताए अनुसार अकालगढ नजिकै एयरफोर्स स्टेशन बेसमा बिहानै केही आतङकबादी घुसेका थिए । समाचार एजेन्सी एएफपीका अनुसार हमलाकारीको लक्ष्य एयरबेसलाई बढी बढी नोक्सान पुर्‍याउनु थियो ।

यो हमलामा जैश ए मोहम्मद चरमपन्थी समूहको हात रहेको बताइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार हमलाकारी भारतीय सेनाको पोशामा छिरेका थिए । हमलाकारीसँग भिड्न भारतीय सेनाको चार टुकडी, नेशनल सेक्युरिटी गार्ड, कमाण्डो र हेलीकोप्टर परिचालित गरिएको थियो । पञ्जाबमा यसअघि पनि हमला भएको छ । पछिल्लो साल साल अगस्टमा गुरदासपुर जिल्लामा एक पुलिस कार्यालयमा भएको हमलामा सातजना मारिएका थिए । त्यो घटनामा तीनजना हमलाकारी पनि मारिएका थिए ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031