सोमवार, बैशाख १७, २०८१

स्वकीय सहसचिवद्वयमा भट्टराई र गौतम नियुक्त

काठमाडौं कात्तिक २१. राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सहसचिवद्वयमा शिव भट्टराई र नवराज गौतम नियुक्त हुनुभएको छ । प्राप्त समाचारमा Capture12 स्वकीय सहसचिवद्वयमा भट्टराई र गौतम नियुक्त गरिएको उल्लेख छ ।

त्यस्तै  समाचारमा उल्लेख भएअनुसार भट्टराई पत्रकारितासँग सम्बद्ध हुनाका साथै गौतम राष्ट्रपति भण्डारी  रक्षामन्त्री हुँदादेखि नै उहाँका स्वकीय सचिवका रुपमा काम गर्दै आउनुभएको उल्लेख गरिएको छ । यसअघि राष्ट्रपतिका स्वकीय सचिवमा झापाका भेषराज अधिकारी नियुक्त भइसक्नुभएको छ ।