शुक्रबार, चैत्र १६, २०८०

सवैधानिक परिषदको बैठक : प्रमुख आयुक्त र आयुक्तका लागि अभिलेख अद्यावधिक गर्ने

काठमाडौ कात्तिक २०, प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आज सिंहदरबारमा बसेको सवैधानिक परिषदको बैठकले परिषदमा प्रमुख निर्वाचन आयुक्त download (1)नीलकण्ठ उप्रेती तथा आयुक्तद्वय रामभक्त पिभी ठाकुर र दोलखबहादुर गुरुङ उमेरका कारण सेवानिवृत्त भएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त र आयुक्त पदका लागि योग्यता पुगेका तथा आवेदन दिन चाहेका व्यक्तिको अभिलेख अद्यावधिक गर्ने निर्णय गरेको छ ।  बैठकपछि परिषद्का सदस्य एवम सभामुख ओनसरी घर्तीले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिसम्बन्धी कार्यविधिअनुसार निर्वाचन आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्ति सम्बन्धमा सात दिनको म्याद दिएर अभिलेख अद्यावधिक गर्ने निर्णय भएको जानकारी दिनुभएको छ।
यो ।
त्यस्तै परिषद्का सदस्य कामु प्रधानन्यायाधीश गिरिषचन्द्र लाल, सभामुख घर्ती र व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइराला सहभागी परिषद् बैठकले यसअघि निर्वाचन आयोगमा रिक्त रहेका पदमा नियुक्तिका लागि तयार गरेको रोस्टरलाई यथावत् राखेर नयाँ व्यक्तिको अभिलेख अद्यावधिक गर्न केही दिनभित्रै सूचना जारी गर्न लागेको बताइएको छ ।