शनिबार, बैशाख ८, २०८१

मोर्चा आवद्ध सासदहरुद्दारा व्यवस्थापिका संसदको बैठक अवरुद्ध

संविधान संशोधन प्रस्ताव र पुनर्निर्माण प्राधिकरणको विधेयक तत्काल प्रस्तुत गर्न काँग्रेसको माग

काठमाडौं कात्तिक २२, व्यवस्थापिका संसदको आज बसेको बैठक मधेसी मोर्चाका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका पछि सोमबार ३ बजे सम्मका लागि स्थगित गरिएको छ । मुलुमा जारी नयाँ संविधान सिमाङन लगायतका प्रसंगमा असहमति व्यक्त गर्दै मधेस केन्द्रीत आन्दोलनमा होमीएका images (1)images (3)मधेसवादीदलको शनिवार सम्पन्न बैठक पछि सरकारले आफ्नो माग सुनवाइ गर्ने कुनै योजना नल्याएपछि मधेशी मोर्चाले सडक र सदन दुबैतिर संघर्ष चर्काउने लक्ष्य अनुरुप मोर्चा आवद्ध सासदहरुले आज बसेको व्यवस्थापिका संसद बैठकमा भाग लिदै नाराबाजी सहित बैठक अवरुद्ध गरेको हो । https://www.youtube.com/watch?v=MmZ5FfI09y8

मोर्चामा आवद्ध चारसहित आठ दलले संसदमा फर्किएकै दिन संसद बैठकमा भाग लिदै मोर्चा आवद्ध समाजवादी फोरम नेपालका संसदीय दलका नेता अशोक राईले वार्ता सकारात्मक हुने क्रममा रहेको बेला सरकारले आन्दोलनमा बल प्रयोग गर्ने गरेको भनी मन्तव्य राखेलगत्तै मोर्चा आवद्ध सांसदहरुले बैठकमा नाराबाजी सुरु गर्दै बैठक अवरुद गरेपछि सभामुख सभामुख ओनसरी घर्तीले बंठक स्थगनको जानकारी गराउँनु भएको सथयो । यसअघि बैठकमा कांग्रेसका सांसद रामचन्द्र पौडेलले अघिल्लो सरकारले ल्याएको संविधान संशोधन प्रस्तावका साथै पुनर्निर्माण प्राधिकरणको विधेयक तत्काल संसदमा प्रस्तुत गर्न माग गरेका थिए ।