शुक्रबार, बैशाख १४, २०८१

सत्ताधारीको अन्धो राष्ट्रवादले मुलुकमा थप समस्या सिर्जना गर्यो :डा भट्टराई

 पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइको मधेसकेन्द्रित संघिय समाजवादी फोरमसँग कार्यगत एकताको तयारी
मुलुको अग्रगामी निकासका लागि नयाँ शक्तिको विकल्प छैन

काठमाडौ मार्ग ६, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमानाकामा जारी मधेस आन्दोलनको सम्बोधन एवम् समाधानको लागि गठबन्धन Dr-Baburam-Bhattarai-2-copyसत्ताधारी दल प्रमुख प्रतिपक्षीदल नेपाली काँग्रेसका शीर्ष नेताले पार्टीगत तथा व्यक्तिगत स्वार्थलाइ तिलाञ्जली दिदै राष्ट्रिय स्वार्थलाइ आत्मासात गर्ने हो भने तत्काल समस्याको निकास निस्कने दावी गर्नु भएको छ । डा भट्टराईले मुलुकको अग्रगामी विकास लागि नयाँ शक्तिको आवश्यकता औल्याउँदै राजनैतिक वृतमा नयाँ तरङ सिर्जना गर्ने क्रममा राजधानी शनिवार बहूचर्चित नयाँ शक्तिका बारेमा पत्रकारहरुसंको अन्तरसंवादमा अहिले मुलुकका सत्ताधारीले अन्धो राष्ट्रवादको प्रदर्शन गरिरहेको बताउँनु भएको छ । त्यस्तै डा भट्टराईले एकातर्फ आफ्नो सत्ता जोगाउँन छिमेकीलाई सत्तोसराप गरि नाममात्रको अन्धो राष्ट्रबाद प्रदर्शन गर्ने अर्को तर्फ सीमाङ्कनको मुद्दामा यो वा त्यो बहानामा मेरो गोरु बाह्रैटक्काको चरित्र देखाउँदै आएका कारण मुलुकमा थप समस्यामा जेलिएको बताउँनु भन्दै अव मुलुको अग्रगामी निकासका लागि नयाँ शक्तिको विकल्प नभएको बताउँनु भएको छ ।

यसवीच पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज मुलुकमा विद्यमान यि यस्ता यावत समस्याको सम्बोधनको लागि भन्दै बहूचर्चित नयाँ शक्तिको गठनको सवालमा छलफल सहित नयाँ शक्तिको आवश्यकता र औचित्यको प्रारुपमा नेता भट्टराईले धारणा राख्नु हुने बताईएको छ । राजधानीमा हुँे प्रस्तुत हुने छलफल सहितको भेलामा रणनीतिका विषयमा नेता भट्टराईले धारणा राख्नु हुनेछ । यसअघि पनि नेता भट्टराईले पटक पटक छलफलको आयोजना गरिसक्नु भएको छ । साथै नेता भट्टराईले आफ्नो नयाँ शक्ति गठनको भेला पूवनै तराई मधेसकेन्द्रित रहेको संघिय समाजवादी फोरमसँग पहिलो चरणमा कार्यगत एकता हुँने छनक दिइसक्नु भएको छ ।