शुक्रबार, बैशाख १४, २०८१

मन्त्रिपरिषद्को बैठक : पाँच जना सहसचिवको सरुवा सहित जर्मन सहायता स्वीकार गर्ने निर्णय

काठमाडौ मार्ग १०, आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषदको बैठकले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि जर्मन सरकारले अतिरिक्त सहयोग अनुदानस्वरुप उपलब्ध गराएको रु २ अर्ब ४४ करोड ३७ लाख स्वीकार गर्ने निर्णय गरेको छ ।
mantriparisadत्यस्तै बैठकले भूकम्प प्रभावित क्षेत्रमा गरिने ‘सुरक्षित सामूहिक आवाससम्बन्धी कार्यविधि–२०७२’ लाई विधायन समितिमा छलफलका लागि पठाउने निर्णय गर्नुको अलावा पाँच जना सहसचिवको सरुवा गरेको सरकार प्रवक्ता एवम सञ्चार मन्त्री शेरधनराइले जानकारी दिनु भएको छ । प्रवक्ता मन्त्री राइका अनुसार आज सरुवा गरिएका सहसचिवहरुमा क्रमस चक्रबहादुर बुढालाई राष्ट्रपति कार्यालयबाट गृह मन्त्रालयमा, रामकृष्ण सुवेदीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृह मन्त्रालयमा, कमलप्रसाद भट्टराईलाई संस्कृति तथा पर्यटन मन्त्रालयबाट सामान्य प्रशासन मन्त्रालयमा, डन्डुराज घिमिरेलाई सामान्य प्रशासन मन्त्रालयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा, ऋषिराज शर्मालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय पनि गरेको छ ।