मङ्लबार, बैशाख १८, २०८१

संसद् बैठक आज पनि अवरुद्ध, अर्को बैठक यही मार्ग १५ गते

काठमाडौ मार्ग १०, व्यवस्थापिका–संसद्को आज बसेको बैठक पनि प्रतिपक्षी र मधेसी मोर्चाको अवरोधका कारण अवरुद्ध भएको छ । आजको बैठक सुरुभए bicc-1लगत्तै सभामुख ओनसरी घर्तीले सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न दिएपछि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र नेपाल मजदुर किसान पार्टीका सासद प्रेम सुवाल आ–आफ्नो स्थानबाट उठेर बोल्न फोरम अध्यक्ष यादवले भनाइ राखेसँगै मधेसी दलबाट बैठकमा नाराबाजी हुने स्थिति भएकाले काँग्रेस सांसदहरुले आफूहरुले पहिला बोल्न पाउनुपर्ने भन्दै आवाज बुलन्द गरेपछि सभामुख घर्तीले बोल्न समय दिने आफ्नो अधिकार भएको र विधिअनुसार समय दिइएकाले अवरोध नगर्न आग्रह गर्दागर्दै पनि सांसद्ले नमानेपछि आजको बैठक स्थगन भएको हो । संविधानमा असन्तुष्ट मधेसी दलको अवरोधका कारण यसअघिका संसद्का बैठक पनि अवरोध हुँदै आएको थियो । संसद्को अर्को बैठक यही मङ्सिर १५ गते बिहान ११ बजे बस्नेछ ।