मङ्लबार, बैशाख १८, २०८१

व्यवस्थापिका संसदको बैठक आज बस्दै , बैठक अवरुद्ध गर्ने मधेसी मोर्चाको तयारी

काठमाडौं मार्ग १०, व्यवस्थापिका संसदको बैठक आज विहान बिहान ११ बस्दैछ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र वाचन ,संसदको महिला, बालबालिका समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने लगायतका bicc-1कार्यसूची रहेको जनाएको छ ।
यद्यपि विगतको बैठकमा पनि आफ्नो माग सम्बोधन नभएको भन्दै संसद सडकबाट दवाव दिदै आइरहेका मधेसमा आन्दोलनरत मधेसी मोर्चाले आजको बैठक पनि अवरुद्ध पार्ने संभावना पनि उत्तिकै रहेको सम्बद्ध स्रोतबाट बुझिएको छ । यसअघिको बैठकमा पनि मधेसी मोर्चा आवद्ध सांसदहरुले अवरोध पुर्याएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।