शुक्रबार, बैशाख १४, २०८१

संवैधानिक परिषद्को बैठक त्यतिकै सकियो

काठमाडौँ मार्ग १३, राज्यको संवैधानिक अङग अन्र्तगत विभिन्न निकायमा रिक्त रहेको पदाधिकारी नियुक्तिको सफारिस गर्न भन्दै बसेको आज बोलाइएको संवैधानिक परिषद्को बैठक त्यत्तिकै सकिएको छ । आजको बैठकले मुलत निर्वाचन आयोग लगायतका निकायमा रिक्त पदाधिकारी नियुक्ति सिफारिस गर्ने download (1)तयारी रहेको बुझिए पनि बैठकमा सिफारिस गर्न प्रमुख प्रतिपक्षी दलका नेता उपस्थित नभएपछि बैठक त्यत्तिकै समापन गरिएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने संवैधानिक प्रवधान रहेको परिषदको आजको बैठकमा व्यवस्थापिका संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति सुशील कोइराला अस्वस्थ्यताका कारण बैठकमा अनुपस्थित भएपछि बैठकले कुनै नितिगत सिफारिस गर्न नसकेको बताईएको छ ।